काठमाडौं । नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन, सिजी मोटोकर्प काठमाडौंको आधिकारिक डिलर प्रबिशा ट्रेडिङ प्रालिले एयरपोर्ट शोरुममा सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ ।
सर्वाधिक माइलेज दिने यो गाडीको लो रनिङ कष्ट कारण, बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको विश्वास रहेको छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट–इन–सेगमेन्ट सुरक्षा र सुविधायुक्त सुविधाहरु भएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक प्रविणविक्रम शाहीका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ । साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्ने कम्पनीले जनाएको छ ।
सुजुकीको एड्भान्सड हर्टेक्ट प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । हर्टेक्ट प्लेटफर्मले कारको क्र्यास, रिजिडिटी र समग्र बललाई सुधार गर्छ । उच्चतन्य स्टीलको व्यापकप्रयोग र १२ प्लस सुरक्षा सुविधाहरूले बाहकहरूका लागि सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीको विश्वास छ ।
वि.सं.२०७८ फागुन ११ बुधवार २१:२७ मा प्रकाशित






























