१
सानो आकार
छेस्का कविता
दह्रो प्रहार
२
नेपाली भाषा
रचना राम्रो
गर्दैछ आशा
३
भाषा जोगाउँ
गरेर कर्म
सबै रमाउँ
४.
भाषा भेषको
गर्नुछ मिली
भलो देशको
५.
जानु छ पर
हुन्न नगरौँ
धेरै हतार
६.
बेसी मधेस
पहाड हुँदै
साझा यो भेष
७.
मिलेर बसे
नहुने के छ
कम्मर कसे
८.
छ यो आँखामा
रम्दै घुमेको
गाउँ पाखामा
९.
गौरव खास
सिरमा हाम्रो
लालिगुराँस
१०.
सगरमाथा
बुद्धको भूमि
शान्तिको गाथा ।
लक्ष्मीप्रसाद मिश्र,सुन्दर बजार,लमजुङ
वि.सं.२०७८ फागुन १४ शनिवार ०८:५८ मा प्रकाशित






























