back
CTIZAN AD

लघुकथाः भारी !

वि.सं.२०७८ फागुन १४ शनिवार

630 

shares

दिलबहादुर, छोरीको विवाहको कुरा चलाए देखि, कसरी सम्पन्न गर्ने हो भनी पिरोलिएका थिए ।

आफ्नो बूढाको मुहार निन्याउरो देखेपछि पत्नीले सोधिन्, ‘हैन, तपाईं त ! छोरीको विवाहको कुरा चलाए देखि दुब्लाउँदै जानु भएको छ नि !’

‘के गर्नु, केटो आफू समानको खोज्नु पर्ने रहेछ …..।’

‘त्यसको लागि चिन्ता गर्नु भएको ? तपाईंको चार दाजुभाइ आफन्तहरू, मेरा दाजुभाइ दिदी बहिनिहरू त्यतिका छन् । गतिलो सरसामान दिनू, भन्छु । हामी पो कमजोर छौँ । उनीहरू त हुने खाने छन् । दिइहाल्छन् नि ! ’ श्रीमतीले यति भनेपछि उनको मन हल्का भएको थियो ।

उनीहरूले चाहे अनुसार आफन्तहरूले दाइजो दिएकाले छोरीको विवाह धुमधामका साथ गरेका थिए ।

दुई वर्षपछि जब उस्को देवरको छोरीको विवाह भयो । आफूले दिएको दाइजो चित्त नबुझेपछि हानेको वाणले उनलाई आजसम्म पनि घोचिरहेछ । अझ कतिले घोच्ने हुन् थाहा छैन ।

यमुना प्रधानाङ्ग ’मुना’
वीरगञ्ज, हाल इमाडोल, ललितपुर

 

वि.सं.२०७८ फागुन १४ शनिवार ०८:५७ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...