back
CTIZAN AD

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा ब्याडमिन्टन प्रतियोगिता सुरु

वि.सं.२०७८ फागुन १५ आइतवार

846 

shares

महेन्द्रनगर । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि पुरुष सिनियर डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा, भगतपुर ब्यारेकको आयोजना तथा कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको संयोजनमा सुरु भएको प्रतियोगितामा जिल्लाभरका २८ समूह सहभागी छन् ।

प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले उद्घाटन गरेका हुन् । सेना-नागरिक सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै सेनाले यहाँ स्वास्थ्य शिविर, मैत्री फुटबललगायतका कार्यक्रम आयोजना गरेको छ ।

यही फागुन १७ गते सेना दिवसका दिन समापन गरिने प्रतियोगिताका विजयी खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफीसहित पुरस्कृत गरिने सेनाले जनाएको छ ।

वि.सं.२०७८ फागुन १५ आइतवार १२:२७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...