back
CTIZAN AD

एमसीसी सम्झौता आजै पारित हुने

वि.सं.२०७८ फागुन १५ आइतवार

798 

shares

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी आजकै संसद बैठकबाट अनुमोदन गरिने भएको छ । आइतबार बिहान बसेको गठबन्धन बैठकले सैद्धान्तिक छलफलपछि उठेका प्रश्नमा सरकारले जवाफ दिएपछि दोस्रो बैठक राखेर पारित गर्ने निर्णय गरेको हो ।

“व्याख्यात्मक टिप्पणीसहित संसदमा पेश गरेर आजै एमसीसी पारित गर्न गठबन्धन सहमत भयो, आजकै दोस्रो बैठकले एमसीसी पारित गर्छ”, कांग्रेस नेता रामचन्द्र पौडेलले बैठकको निर्णयबारे भनेका छन् ।

गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै समय माग गरेका थिए । तर, समय नभएको भन्दै आजै पारित गर्ने निर्णय गरिएको नेता पौडेलले बताए ।

०७६ असार ३० मा प्रतिनिधिसभामा दर्ता भएको यो सम्झौता गत फागुन ८ मा टेबल गरिएको थियो । तर, सत्ता साझेदार दलहरुभित्रै सहमति जुट्न नसक्दा अनुमोदनको प्रक्रियामा अगाडि बढ्न सकेको थिएन । पछिल्लो सम्झौतासँगै एमसीसी पारित हुने निश्चित देखिएको छ ।

सम्बन्धित समाचार

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

वि.सं.२०७८ फागुन १५ आइतवार १२:२६ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...