back
CTIZAN AD

एमसीसी पारित गर्ने निर्णयले माओवादीभित्र गम्भीर मतभेद

वि.सं.२०७८ फागुन १५ आइतवार

897 

shares

काठमाडौं । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयले सत्तारुढ माओवादी केन्द्रभित्र ठूलो मतभेद देखापरेको छ । एमसीसी अनुमोदन गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयमा शीर्ष तहकै नेताहरु विरोधमा उभिएका छन् । नेताहरुले सिंगो पार्टीको निर्णयविपरित प्रचण्डले निर्णय गरेको आरोप लगाएका छन् ।

व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णय लगत्तै माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले “पार्टी अध्यक्ष नै पार्टीविरुद्व उभिएको” भन्दै विरोध जनाए । उनले एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादीभित्र ठूलो अहमति रहेको बताए ।

यता माओवादी केन्द्रको प्रमुख सचेतकसमेत रहेका नेता देव गुरुङले एमसीसी अनुमोदका निर्णय “ठूलो गद्दारी” भएको बताए । उनले यो निर्णयले मुलुक गम्भीर दुर्घटनातर्फ जाने बताए ।

“यसले राष्ट्रिय आत्मसमपर्णवाद र गद्दारीको दिशातिर जान्छ, यसले देशलाई दुर्घटनाबाट बचाउने होइन, झन् दुर्घटनारतिर लैजान्छ”, उनले सञ्चारकर्मीसँग भनेका छन् ।

नेता लिलामणी पोखरेलले पनि व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गलत भएको बताए । उनले उक्त निर्णयमा आफुँसहित थुप्रै नेताको गम्भीर असहमति रहेको बताए ।

एमसीसी अनुमोदनका निर्णयप्रति माओवादीभित्र नेता श्रेष्ठसहित देव गुरुङ, लिलामणि पोखरेल, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लेखनाथ न्यौपानेलगायतका नेता विरोधमा उभिएका छन् । नेताहरुले गम्भीर अहसमति राखेको कारण आगामी समय माओवादीभित्र कस्तो परिस्थिति निर्माण हुन्छ भन्ने यकिन नभएको कतिपयले बताएका छन् ।

माओवादी केन्द्र जस्तै सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)भित्र पनि एमसीसीको निर्णयले गम्भीर संकट निम्त्याएको छ । झलनाथ खनालसहितका नेताहरुले उक्त निर्णयप्रति गम्भीर असहमति जनाएका छन् ।

सम्बन्धित समाचार

एमसीसी पारित गर्ने निर्णयमा नारायणकाजीको आपत्ति

वि.सं.२०७८ फागुन १५ आइतवार १२:५५ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...