काठमाडौं । सत्तारुढ गठबन्धन दलभित्र एमसीसी सम्झौता अनुमोदन गर्ने बारेमा सहमति जुटेपछि त्यसलाई निर्णय गर्नका लागि मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
आइतवार बिहान सत्तारुढ गठबन्धको बालुवाटारमा बसेको बैठकले ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसीलाई सदनबाट अनुमोदन गराउने विषयमा सबै सहमति भएको निर्णय भएपछि त्यसका लागि संसद बैठक बस्नु अगाडि मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।
मन्त्रिपरिषद्को बैठक ३ बजे बस्ने भनिएपनि ठाउँ तोकिएको छैन । आजको प्रतिनिधिसभाको बैठकले एमसीसी अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धन दलहरु आ–आफ्नै दलभित्र छलफलमा व्यस्त रहेका छन् ।
वि.सं.२०७८ फागुन १५ आइतवार १४:४० मा प्रकाशित






























