back
CTIZAN AD

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

वि.सं.२०७८ फागुन १५ आइतवार

687 

shares

म्याग्दी । शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ ।

लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएका हो । शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेको पौडेलले बताए । “बिना कारण सरले पाइपले पिटे, अफिसमा गएर कुरा गरौँ भन्दा पनि मानेन्”, उनले भने “बोल्न र सास फेर्न गाहे भएको छ ।” पौडेलका अनुसार उनीसहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा र विपन पुर्जालाई पनि शिक्षक घिमिरेले शुक्रबार दिउँसो यातना दिएका थिए ।

वान्ता गर्ने, खाना नखाने, सास फेर्न गाहे हुने र दुखाइ बढेपछि शनिबार साँझ बेनी अस्पतालमा एक्सरे र स्वास्थ्यपरीक्षण गरिएको थियो । पौडेलकी दिदी मनकुमारी सुवेदीले टाउको सुन्निएकाले शनिबार रातिनै पोखरा लगेर कालीगण्डकी डायग्नेस्टिक एण्ड रिसर्च सेन्टरमा सिटिस्क्यान गरी बिहान बेनी ल्याएको बताइन् ।

“बेनी अस्पतालका चिकित्सकले करङ भाँचिएको पुष्टि गरेर आराम गर्न र औषधि दिएका छन्”,उनले भनिन् “सम्बन्धित सर र विद्यालय प्रशासनमा शनिबार बिहानै फोनबाट जानकारी गराउँदा वास्ता गरेनन् ।” पौडेलका बुबा भीमप्रसाद पौडेलले मर्यादा विपरीत बालमनोवैज्ञानिक असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै आज विद्यालयमा निवेदन दिएका छन् । पौडेल प्रकाश माविमा तीन वर्षदेखि अध्ययनरत थिए ।

विद्यालयका निमित्त प्रअ लेखबहादुर हमालले शनिबार बिहान फोनबाट पौडेलकी दिदीले अनौपचारिक जानकारी गराएको र आज छलफलका लागि बोलाएको बताए । “शुक्रबार ५ बजेसम्म कक्षा भएको थियो । नवीन सरको पिरियड दिउँसो १२.१० देखि १२ः५० सम्म हो । राजनले त्यो दिन पूरै कक्षा पढेका थिए । लेखापछिको विषयका सरहरुले पनि उनको स्वास्थ्य अवस्था सामान्य भएको बताएका थिए”, उनले भने, “आज बिहान लाइनमा सोध्दा कागजको डल्ला फालेकाले हल्का एक्सन लिएको बताए । थप छानबिन र छलफल गर्दैछौ ।”

वि.सं.२०७८ फागुन १५ आइतवार १४:४५ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण...

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...