back
CTIZAN AD

महाशिवरात्रिको तयारी पूरा साथै पशुपति क्षेत्रको यात्रामा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

वि.सं.२०७८ फागुन १५ आइतवार

762 

shares

काठमाडौँ । भगवान् पशुपतिनाथ विराजमान पाशुपत क्षेत्रमा आगामी मङ्गलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ ।

पशुपति क्षेत्र विकास कोषले आज यहाँ पत्रकार सम्मेलन गरेर पर्वलाई व्यवस्थित ढङ्गले सुसम्पन्न गर्न सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको जनाएको हो ।

कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले कोभिड–१९ सङ्क्रमणको जोखिम अन्त्य नभइसकेकाले सरकारले निर्धारण गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गरेर दर्शनार्थीहरुलाई मेला भर्न अनुरोध गरे ।

गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ भने मित्रपार्क–जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरी हुँदै पश्चिमबाट, बत्तिसपुतली–गौशाला–एयरपोर्ट–पिङ्गलास्थान भएर सुमार्गी भवन हुँदै चार शिवालयबाट पशुपतिभित्र प्रवेश गर्न पाइनेछ ।

मङ्गलबारका दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकावासीलाई पशुपति क्षेत्रको यात्रामा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न अनुरोध गर्दै मालवाहक सवारीसाधन, बस, माइक्रोबस तथा ट्याम्पोलगायत सवारीसाधनलाई सिफलचौर, जोरपाटी, चाबहिल र सिनामङ्गलभन्दा अगाडि सञ्चालनमा रोक लागाइएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो ।

 

वि.सं.२०७८ फागुन १५ आइतवार १४:५६ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...