back
CTIZAN AD

वैधानिक कमिटीलाई लत्याएर प्रचण्डले एमसीसीमा उभ्याए माओवादीलाई

वि.सं.२०७८ फागुन १५ आइतवार

882 

shares

काठमाडौं । पुस ११ देखि १८ सम्म काठमाडौंमा भएको माओवादी केन्द्रको आठौं महाधिवेशनले पार्टी अध्यक्ष र दुई सय ३६ सदस्यीय अपुरो केन्द्रीय कमिटी गठन गरेको थियो । मुख्य पदमा आकांक्षीहरुको लर्को र अस्वस्थ प्रतिस्पर्धा देखिएसँगै महाधिवेशन अन्य सांगठनीक विषयमा प्रवेश नै नगरी टुंगीएको थियो ।

अन्य पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठन नभएको हुनाले माओवादी केन्द्रमा अहिले वैधानिक कमिटी भनेको केन्द्रीय कमिटी मात्रै छ । तर, आठौं महाधिवेशनबाट अध्यक्षमा निरन्तरता पाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैधानिक कमिटीलाई नै लत्याएर मनपरि निर्णय गर्ने गरेका छन् । प्रचण्डको पछिल्लो मनपरि निर्णय– एमसीसीको पक्षमा माओवादी केन्द्रलाई उभ्याउने छ ।

आठौं महाधिवेशनले स्पष्ट रुपमा “एमसीसीका कतिपय प्रावधान नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल देखिएकाले यथास्थितिमा पारित गर्न नसकिने” भन्ने निर्णय गरेको थियो । तर, अध्यक्ष प्रचण्डले उक्त निर्णयलाई पुरै वेवास्ता गर्दै अवैधानिक कमिटीमार्फत माओवादी केन्द्रलाई एमसीसी उभ्याएका छन् । आइतबार आफ्नो निवास खुमलटारमा विघटित स्थायी समितिका नेताहरुको बैठक डाकेर प्रचण्डले एमसीसीमा उभिने निर्णय गराएका थिए ।

‘अवैधानिक कमिटीबाट अवैधानिक निर्णय’

माओवादी अध्यक्ष प्रचण्डले विघटित स्थायी समितिको बैठकमार्फत एमसीसीको पक्षमा सिंगो पार्टीलाई उभ्याउने निर्णय गराएका थिए । सोही निर्णयका आधारमा नै उनले गठबन्धनको बैठकमा माओवादीको तर्फबाट सहमति जनाएका थिए ।

तर, उनको त्यो निर्णयमाथि माओवादी केन्द्रभित्रै गम्भीर मतभेद देखिएको छ । नेताहरुले प्रचण्डको निर्णय “एकल र व्यक्तिगत निर्णय” भएको भन्दै विरोध जनाएका छन् ।

नेता नारायणकाजी श्रेष्ठले एमसीसीमा उभिने प्रचण्डको निर्णयप्रति गम्भीर असहमति र आपत्ति रहेको भन्दै निर्णंय महाधिवेशनको विरुद्व भएको बताए । गठबन्धन बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णयलगत्तै उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “५ दलीय गठबन्धनमा अध्यक्ष कमरेड प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनु भएको छ, यो ‘निर्णय’प्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ, आज बिहानको पार्टीको छलफलमा मलगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं, यो महाधिवेशनको विरुद्व छ र गलत छ ।”

यता अर्का नेता लेखनाथ न्यौपानेले पार्टीको एउटै मात्र वैधानिक कमिटीलाई थाहा नदिई एमसीसीको कित्तामा उभ्याउने निर्णय नै अवैधानिक भएको बताएका छन् । उनले केन्द्रीय कमिटीले निर्णय नगरी प्रचण्ड वा अरु कुनै समूहले निर्णय गर्नुलाई वैधानिकता मान्न नमिल्ने बताउँछन् ।

“हालको नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन्, आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन”, नेता न्यौपानेले भनेका छन् ।

प्रचण्डको कदमले माओवादीभित्र विग्रह

माओवादी केन्द्रभित्र जब्बर राष्ट्रवादी धार छ । बहुमत अवस्थामा रहेको राष्ट्रवादी धारले निरन्तर एमसीसी निःशर्त खारेजी हुनुपर्ने बताइरहेको छ । साथै, पारित नै गर्नुपर्ने अवस्थामा सम्झौताका प्रावधानहरुको संशोधन अनिवार्य मानिरहेको छ । तर, प्रचण्डले कांग्रेसको प्रस्तावलाई हुबहु स्वीकार गर्दै व्याख्यात्मक घोषणासहित एमसीसी स्वीकार गर्ने निर्णय गरेका छन् । प्रचण्डको यो निर्णयले माओवादीभित्र गम्भीर मतभेद र विग्रह सिर्जना गराएको छ ।

प्रचण्डको निर्णयविरुद्व नेता नारायणकाजी श्रेष्ठसहित माओवादीभित्रका मुख्य मानिएका नेताहरुले विरोध जनाएका छन् । माओवादी संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता देव गुरुङ “ठूलो गद्दारी” भन्दै आफ्नो विरोध व्यक्त गरेका छन् । उनका अनुसार यो निर्णयले पार्टी मात्रै होइन मुलुक नै दुर्घटनातर्फ जान्छ ।

श्रेष्ठ र गुरुङजस्तै माओवादीभित्रै थुप्रै नेताहरुले एमसीसीको पक्षमा उभिने निर्णयको विरोध जनाएका छन् । पूर्वसभामुख कृष्णबहादुर महरासहित नेताहरु लिलामणि पोखरेल, गिरीराजमणि पोखरेल, लेखनाथ न्यौपानेलगायतले दिएको अभिव्यक्तिले माओवादी केन्द्र एमसीसीकै कारण विग्रहतर्फ जाँदै गरेको आभास भएको छ ।

सम्बन्धित समाचार

एमसीसी पारित गर्ने निर्णयमा नारायणकाजीको आपत्ति

एमसीसी पारित गर्ने निर्णय प्रचण्डको एकल हो, माओवादीको होइन : लेखनाथ न्यौपाने

एमसीसी पारित गर्ने निर्णयले माओवादीभित्र गम्भीर मतभेद

वि.सं.२०७८ फागुन १५ आइतवार १४:५७ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...