back
CTIZAN AD

माओवादी संसदीय दलको बैठकमा एमसीसीबारे ११ बुँदे टिप्पणी पढेर सुनाइयो

वि.सं.२०७८ फागुन १५ आइतवार

921 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा माओवादीले ‘व्याख्यात्मक टिप्पणी’ सहितको एमसीसी सँझौताका ११ बुँदे टिप्पणी सांसदहरुलाई पढेर सुनाइएको छ ।

संसदीय दलका प्रमु्ख सचेतक देव गुरुङले उक्त ११ बुँदे ‘व्याख्यात्मक टिप्पणी’ पढेर सुनाएका हुन् ।

उक्त ‘व्याख्यात्मक टिप्पणी’ मा एमसीसीभन्दा नेपालको संविधान माथि हुने, एमसीसी आईपीएसको अंग नबन्ने, एमसीसीलाई नेपालको महालेखा परीक्षणको कार्यालयले लेखा परीक्षण गर्ने, बौद्धिक र चलअचल सम्पत्ति नेपालकै हुने लगायतका ११ बुँदे टिप्पणी पढेर सुनाइएको हो ।

नेकपा माओवादी केन्द्रको आइतवार बिहान बसेको केन्द्रीय समितिको बैठकले ‘व्याख्यात्मक टिप्पणी’ सहित अमेरिकी सहयोग परियोजना संसदमा अनुमोदन गरिने निर्णय गरेपछि त्यसको जानकारी दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय दलको बैठक बोलाएका हुन् ।

अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनका लागि अघि सारेको ११ बुँदे ‘व्याख्यात्मक टिप्पणी’ मा माओवादी भित्रकै नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेल लगायतका नेताहरुले गम्भीर असहमति जनाएका छन् ।

पार्टीका नेता नारायणकाजी श्रेष्ठले आइतवारको केन्द्रीय समितिको बैठकमा आफुहरुले उक्त निर्णयका विरुद्ध मतभेद राखेको तथा उक्त निर्णय महाधिवेशनको बिरुद्ध रहेको र गलत रहेको बताएका छतन् ।

‘दलीय गठबन्धनमा अध्यक्ष क. प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसिसि सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो ‘निर्णय’ प्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ । आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं । यो महाधिवेशनको बिरुद्ध छ र गलत छ । नेता श्रेष्ठले केन्द्रीय समितिको बैठक लगत्तै असन्तुष्टि जनाउँदै भनेका छन् ।

एमसीसी पारित गर्ने निर्णयमा नारायणकाजीको आपत्ति

एमसीसी पारित गर्ने निर्णयले माओवादीभित्र गम्भीर मतभेद

एमसीसी पारित गर्ने निर्णय प्रचण्डको एकल हो, माओवादीको होइन : लेखनाथ न्यौपाने

वि.सं.२०७८ फागुन १५ आइतवार १५:०३ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...