back
CTIZAN AD

१३ वर्षको प्रयासले समेत हात्तिपाइले निवारण भएन

वि.सं.२०७८ फागुन १६ सोमवार

879 

shares

गलकोट । नागारिकले हात्तीपाइलेविरुद्धको आम औषधी सेवनमा बेवास्ता गर्दा बागलुङमा १३ वर्षको प्रयासले समेत हात्तिपाइले निवारण हुन सकेको छैन ।

लगातार छ वर्षसम्म औषधि सेवनबाट निवारण हुने हात्तीपाइले रोगका लागि नागरिक जिम्मेवार नबन्दा १३ वर्र्षमासमेत निवारण भएको छैन । यस रोगबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ तर बागलुङमा आम औषधि सेवनमा नागरिक जिम्मेवारी नबन्दा समस्या भएको छ ।

लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि बागलुङमा पुन १३औँ पटक यही फागुन २८ गतेबाट आम औषधि सेवन अभियान सुरु गरिने भएको छ । १३औँ पटकको आम हात्तीपाइले अभियान सुरु गर्नुभन्दा पहिला नारायण स्थानमा आठ जना र कुश्मिसेरामा दुई जनामा हात्तीपाइलेको सङ्क्रमण देखिएका कारण पुन १३औँ पटकको आम औषधि अभियान सुरु गर्न थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए ।

“नेपालभर निवारणको चरणमा रहेको हात्तीपाइले बागलुङसहित जम्मा १० जिल्लामा मात्रै निवारण हुन बाँकी रहेको छ, सुरुको चरणमा स्वास्थ्य स्वयमंसेविकाको निगरानीमा खुवाइएको थियो, पछि निवारण नभएको भन्दै स्वास्थ्यकर्मीको निगरानीमा खुवाइयो” गुरौंले भने, “सबैको प्रयासलेनै बागलुङमा हात्तीपाइले निवारण गर्न सकिन्छ, नागरिकले औषधि नखाने समस्या छ, सहरिया र शिक्षित व्यक्तिबाटै बेवास्था भएको छ, अब एक पटक सबैले आमऔषधि सेवनमा भाग लिऔं, हात्तीपाइले निवारण गरौँ ।”

बागलुङ नगरपालिका–१४ नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्सिेरामा हात्तीपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लामा औषधि खुवाउनुपर्ने अवस्था रहिआएको छ । सङ्क्रमण दुई प्रतिशत प्रतिशत भन्दा कम भएमा जनस्वास्थ्य समस्याका रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकामा त्यो हुन नसकेकाले बागलुङमा १३औँ पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताए ।

 

वि.सं.२०७८ फागुन १६ सोमवार १३:२१ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...