back
CTIZAN AD

सपिङ सेन्टरमा आगलागी, पाँच जनाको मृत्यु

वि.सं.२०७८ फागुन १७ मंगलवार

810 

shares

दमासकस । सिरियाको राजधानी दमासकसको एउटा सपिङ सेन्टरमा मंगलबार बिहान भएको आगलागीमा कम्तीमा पाँच जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । दमासकसको दमक विभागका एक अधिकारीलाई उद्धृत गर्दै आधिकारिक समाचार समिति सानाले ला मिराडा मल भवनमा आज बिहानै लागेको आगो निभाइएको जनाएको छ ।

अहिलेसम्म चार जनाको उद्धार गरिएको छ र पाँच जनाको शव निकालिएको छ,“ साना समाचार समितिले थप जानकारी दिएको छ । आगलागीको कारण तत्काल खुल्न सकेको छैन । सरकार समर्थक अल-वतान अखबारले प्रकाशित गरेका तस्बिरहरूमा दमासकसको अल-हमरा जिल्लामा रहेको मलबाहिर ठूला फायरट्रकहरू देखाइएको छ । एउटा तस्बिरमा, किनमेल केन्द्रको झ्यालबाट धुवाँ निस्किएको थियो । आगोले हरेक तल्लालाई घेरेको देखिन्छ ।
एएफपी

वि.सं.२०७८ फागुन १७ मंगलवार १३:५४ मा प्रकाशित

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

क्वालालम्पुर ।   वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४...

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

पेरिस । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, कुपोषणको समस्या...

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

टोकियो । प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ...

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

बेइजिङ  (सिन्ह्वा) । चीनले १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) अन्तर्गत...