काठमाडौं । नेकपा (एमाले)ले एमसीसी सम्झौताबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले एमसीसी अनुमोदनको गइसकेको कारण कार्यान्वयन हुनुपर्ने बताएको छ ।
एमालेले सत्तारुढ गठबन्धनले एमसीसीलाई राजनीतिक दाउपेचको विषय मात्रै बनाएको भन्दै विरोध जनाएको छ । एमालेले तत्कालिन समय सरकारबाट विस्थापित गर्न र पार्टी विभाजन गराउन एमसीसीलाई हतियारको रुपमा प्रयोग गरिएको आरोप लगाएको छ ।
“एमसीसीसम्वन्धी मुद्दा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने लक्ष्यसहित विकृत रुपमा शुरु गरिएको योजनाबद्ध दुष्प्रचार थियो”, एमाले अध्यक्षद्धारा जारी एमसीसीसम्बन्धी प्रेस विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टी विभाजनको लागि समेत हतियारको रुपमा यसैलाई प्रयोग गरे । हाम्रो पार्टी यसखाले दुःषित अभियानमा संलग्नहरुप्रति खेद प्रकट गर्दछ ।”
यस्तो छ एमसीसीबारे एमालेको धारणाको पूर्णंपाठ
सम्बन्धित समाचार
एमसीसीको पक्षमा उभियो एमाले, भन्यो – अनुमोदन भइसकेको कार्यान्वयन हुनुपर्छ
वि.सं.२०७८ फागुन १७ मंगलवार १४:३९ मा प्रकाशित






























