back
CTIZAN AD

सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढायो

वि.सं.२०७८ फागुन १७ मंगलवार

870 

shares

गलकोट । लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ ।

पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन गर्ने चार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

बागलुङ नगरपालिका–९ तित्याङ घरभई बागलुङ बजारको रामरेखास्थित कोठाबाट प्रहरीले फेनारगन १४, डाइजेपाम १४ र नुरफिन १३ गरी कुल ४१ एम्पुल लागुऔषधसहित रोशन थापालाई पक्राउ गरिएको छ । यसैगरी लुकाएर राखिएको अवस्थामा प्रहरीले फेनारगन २७, डाइजेपाम २७ र नुरफिन २७ गरी कुल ८१ एम्पुल लागुऔषधसहित बागलुङ नगरपालिका–४ का अभिनाश बोहोराले पक्राउ गरिएको छ ।

यस्तै बागलुङ नगरपालिका–१ कालिका मन्दिर गेटमा स्वीकृतबिना लक्की सेभेन स्केल (डार्ट) खेल खेलाउनका लागि विभिन्न बोर्ड सङ्कलन गरिराखेको अवस्थामा प्रहरीले लामा र मनबहादुर हर्मेललाई रु ३७ हजारसहित पक्राउ गरेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । प्रहरीले यस्तो खेललाई जुवा मान्दै आएको छ ।

पछिल्लो समय जिल्लामा जुवातास खेलाउने गिरोह बढिरहेको जनगुनासो आएपछि सुक्ष्म रणनीति योजना बनाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । उनका अनुसार गत शुक्रबार अवैधरुपमा कालीगण्डकी नदीबाट नदीजन्य पदार्थको ढुवानी गर्ने चार ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाइसकेको छ । हालै मात्र सरुवा भएर बागलुङ आउनुभएका प्रहरी उपरीक्षक ज्ञवालीले आफूले शान्ति सुरक्षामा कुनै कसुर बाँकी नराख्ने बताए ।

 

वि.सं.२०७८ फागुन १७ मंगलवार १४:५७ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण...

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...