back
CTIZAN AD

रुष्ट रहेका नारायणकाजीलाई फकाउन गए प्रचण्ड

वि.सं.२०७८ फागुन १७ मंगलवार

765 

shares

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नाराणकाजी श्रेष्ठलाई भेट्न श्रेष्ठ निवास हात्तिवन पुगेका छन् ।

अमेरिकन सहयोग परियोजना एमसीसी सम्झौताभित्र रहेका केही बुँदाहरुलाई संशोधन नगरी सदनबाट पास गर्न नहुने अडान राख्दै आएका श्रेष्ठ, अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सहमतिमा ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी अनुमोदन गरिएपछि आक्रोशित बनेका थिए ।

सोमबारको पत्रकार सम्मेलनमा समेत अध्यक्ष प्रचण्डले नेता श्रेष्ठलाई चित्त नबुझे पार्टी छोडेर जान सकिने आशयको अभिव्यक्ति दिएपछि श्रेष्ठ पक्षका केही नेताले उनलाई पार्टी त्यागेर नयाँ पार्टी बनाउन दवाव दिइरहेका बेला अध्यक्ष प्रचण्ड श्रेष्ठ निवास पुगेका हुन् ।

यसअघि विभिन्न राजनीतिक घटनामा अध्यक्ष प्रचण्डबाट भएका कमजोरीलाई ढाकछोप गर्दै समग्र पार्टीको रुपान्तरण हुनुपर्छ भन्दै आएका श्रेष्ठमाथि अध्यक्ष प्रचण्डले सोमबार त्यस्तो अभिव्यक्ति दिएपछि उनी रुष्ट भएको स्रोतले जनाएको छ ।

वि.सं.२०७८ फागुन १७ मंगलवार १७:११ मा प्रकाशित

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...