back
CTIZAN AD

अब ओमान जानेहरुका लागि कोरोनाविरुद्धको पिसीआर रिर्पोट आवस्यक नपर्ने

वि.सं.२०७८ फागुन १८ बुधवार

960 

shares

काठमाडौं । ओमान सरकारले कोरोना भाइरसविरुद्धको प्रावधान केही खुकुलो बनाएको छ । यसअघि ओमान प्रवेश गर्ने नागरिकहरुले ७२ घण्टे पिसीआर परीक्षण गरेको प्रमाणपत्र बोक्नु नपर्ने भएको छ ।

नेपाली दूतावास ओमानका अनुसार ओमान सरकारको २८ फेब्रअरी २०२२ को निर्णय अनुसार ओमान सरकारद्धारा मान्यता प्राप्त कोभिड १९ विरुद्धका कुनैपनि खोपको दुइवटै मात्रा (जोनसन एण्ड जोनसनको एकमात्रा खोप) लगाएको क्युआर कोडसहितको प्रमाणपत्र भएका यात्रुले पिसीआर नमुना परीक्षण गर्नुनपर्ने भएको हो ।

‘ओमान सरकारबाट मान्यता प्राप्त कोभिड १९ विरुद्धका कुनैपनि खोपको दुइवटै मात्रा (जोनसन एण्ड जोनसनको एकमात्रा खोप) लगाएको क्युआर कोडसहितको प्रमाणपत्र भएका यात्रुहरुले हवाई मार्गबाट ओमान प्रवेश गर्ने प्रायोजनका लागि कोभिड १९ को पिसीआर परीक्षण गर्नु नपर्ने व्यवस्था लागू भएको छ ।’ दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

दूतावासले ओमान सरकारको यसअघिको निर्णयानुसार ओमानबाट यात्रा गर्ने क्रममा आवस्यक पर्ने यात्रा प्रमाणपत्र बनाउन नपर्ने तथा पिसीआर रिर्पोटलाई ओमानको स्वास्थ्य मन्त्रालयबाट प्रमाणीकरण गर्न समेत आवस्यक नहुने बताएको छ ।

तर ओमानबाट नेपाल फर्किनेहरुले भने ७२ घण्टाको नेगेटिभ भएको पिसीआर परीक्षणको रिर्पोट र कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप लगाएको प्रमाणपत्र भने कायमै रहेको बताएको छ ।

(याे समाचारमा प्रयाेग गरिएकाे मुल तस्वीर फरक परेकाे कारण हटाइएकाे छः  सं)

 

 

वि.सं.२०७८ फागुन १८ बुधवार १७:१६ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...