back
CTIZAN AD

यूक्रेनलाई आणविक हतियार दिन खोजिएपछि रुसले भन्यो – तेस्रो विश्वयुद्ध हुन्छ

वि.सं.२०७८ फागुन १८ बुधवार

741 

shares

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन् । अमेरिकासहित नेटो समर्थक देशहरुले यूक्रेनलाई आणविक हतियार दिन खोजेको चर्चाका बीच उनले यस्तो चेतावनी दिएका हुन् ।

विदेशमन्त्री लाभरोभले युक्रेनलाई आणविक हतियार प्राप्त गर्न नदिने बताए । आणविक हतियारको प्रयोग हुने अवस्था आएमा त्यो तेस्रो विश्वयुद्ध हुने र त्यो निकै नै विनाशकारी हुने उनको भनाई छ ।

युक्रेनसँगको वार्ताको विषयमा बोल्दै लाभरोभले रुस युक्रेनसँगको दोस्रो चरणको वार्ताका लागि तयार रहेको तर, युक्रेनले अमेरिकाको इशारा पछ्याइरहेको आरोप लगाए । लाभरोभले क्षेत्रिय शान्तीका लागि यूक्रेनमाथि आक्रमण गर्नुको विकल्प नभएको दाबी गरेका छन् ।

एक दिन अघि, लाभरोभले युक्रेनले आणविक हतियार प्राप्त गर्न कोशिस गरिरहेको बताएका थिए। “यो ठूलो खतरा हो र यसलाई रोक्न आवश्यक छ”, उनले भने, “युक्रेनसँग अझै सोभियत आणविक प्रविधि छ, त्यसैले रूसले जवाफ दिनुपर्छ।”

पूर्व सोभियत संघका देशहरूमा पश्चिमी देशहरूले सैन्य अड्डाहरू निर्माण गर्न नपाउने उनको भनाई छ ।

हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना आणविक सेनालाई विशेष सतर्कता अपनाउन आदेश दिएका छन् । अमेरिकालगायत धेरै देशले यसको आलोचना गरेका छन् ।

सम्बन्धित समाचार

बंकरबाटै युक्रेनी राष्ट्रपतिको अन्तर्वार्ताः बाइडेनले अब ठूलो निर्णय लिनुपर्छ

वि.सं.२०७८ फागुन १८ बुधवार १७:१९ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...