back
CTIZAN AD

बोटको उच्च स्तरीय उत्पादन नेपालमा

वि.सं.२०७८ फागुन २० शुक्रवार

786 

shares

२० फागुन, काठमाडौँ । भारतको नं. एक वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगीनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरुको लागि टेलिटक नेसनल डिस्ट्रिब्युटर रहने छ । यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरुले समयको मागसंगै उच्च गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरु उपभोग गर्न पाउनेछन् ।

इम्याजिन मार्केटिङ लिमिटेडका सीईओ विवेक गम्भीरले भने, “हाम्रा उत्पादनहरु नेपालमा पनि ल्याउन पाउँदा हामाी अत्यन्तै उत्साहित छौं । हाम्रो उद्धेश्य सम्पूर्ण युवा उपभोक्ताहरुलाई उनीहरुको चाहना अनुरुपको अडियो सोल्युसन प्रदान गर्ने हो । हाम्रो ब्रान्डलाई विश्वभरीका उपभोक्ताहरुमाझ पु¥याउन हामी सधैंँ प्रयासरत छौँ र यो हाम्रो लागि महत्वपूर्ण कदम हो ।”

बोटको लागि नयाँ बजारमा प्रवेश गर्नु महत्वपूर्ण कोसेढुङ्गा हो । इम्याजिन मार्केटिङ लिमिटेडले बोट ल्याब्स मार्फत उत्पादनहरूको डिजाइन, अनुसन्धान, विकास, र प्रविधि जस्ता प्लेटफर्महरू विकास गर्नमा ठुलो लगानी गरेको छ । कम्पनीले ब्लुटुथ इनेबल्ड हियरेबल प्रोडक्ट्स र अन्य इलेक्ट्रोनिक उत्पादनहरू निर्माण र विकास गर्नको लागि हालै डिक्सन टेक्नोलोजी लिमिटेडसँग जोइन्ट भेन्चरमा प्रवेश गरेको छ ।

टेलिटक प्रा.लि.का कार्यकारी निर्देशक प्रतीक जलानले भने,“बोटले वर्षौंदेखि स्टाइलिश र राम्रो काम गर्ने उच्च–गुणस्तरीय अडियो उपकरणहरू मार्फत आफ्नो बलियो ब्रान्ड इक्विटी निर्माण गरेको छ । यो साझेदारी मार्फत हामीले नेपाली उपभोक्ताहरूलाई सस्तो मूल्यमा उत्कृष्ट गुणस्तरको उत्पादन उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।

वि.सं.२०७८ फागुन २० शुक्रवार ११:४१ मा प्रकाशित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनचाँदीको मूल्य सामान्य वृद्धि

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको...

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...