back
CTIZAN AD

ग्रीन भेन्चर्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७८ फागुन २० शुक्रवार

519 

shares

२० फागुन, काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडको साधारण शेयर ९आईपीओ०मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दका लागि फागुन २ गतेदेखि आइपीओ निष्काशन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपिओ० स्थानीयवासीका लागि बिक्री खुला गरेको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी रु तीन अर्ब १२ करोड ५० लाखको १० प्रतिशतका दरले रु १०० अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा १, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–१, २ तथा उमाकुण्ड गाउँपालिका–७ का आयोजनाबाट पीडित बासिन्दाबाट शेयर खरिद गर्न दर्खास्त आह्वान गरेको थियो ।

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३, तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा नं ७ मा केन्द्र रहेको कूल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत्’ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु १२ अर्ब आठ करोड हुने जनाएको छ ।

आयोजनाबाट पीडितक्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि दर्खास्त दिन पाउने छन् । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसका साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा शाखा तथा आयोजनास्थलबाट पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार केयर रेटिङ कम्पनीले ग्रीन भेन्चर्सलाइ ‘केयरनपी–आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको थियो । रेटिङअनुसार कम्पनीको अवस्था र दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको हुन्छ ।

वि.सं.२०७८ फागुन २० शुक्रवार १२:०८ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...