back
CTIZAN AD

परराष्ट्रमन्त्री खड्का आज टर्की भ्रमणमा जाँदै

वि.सं.२०७८ फागुन २४ मंगलवार

702 

shares

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्का आज बेलुका टर्कीको साताव्यापी भ्रमणमा जाने भएका छन् । टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा मन्त्री खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्की जान लागेका हुन् ।

यही फागुन २७ देखि २९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । उक्त कार्यक्रममा दक्षिण एशियालगायत विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा नीति निर्माताहरू भेला भई विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ । नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको सन्दर्भमा हुन लागेको परराष्ट्रमन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ । भ्रमणबाट द्विपक्षीय व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी तथा जनस्तरको सम्बन्ध अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा पनि गरिएको छ ।

वि.सं.२०७८ फागुन २४ मंगलवार ०७:५९ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...