back
CTIZAN AD

कतारको विमानस्थलमा ग्राउन्डेड न्यारो बडी जहाज दुई महिनापछि नेपाल ल्याइयो

वि.सं.२०७८ फागुन २४ मंगलवार

708 

shares

काठमाडौं । दुई महिनादेखि कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको न्यारो बडी विमान नेपाल ल्याइएको छ । गएको पुस १३ गतेदेखि बिग्रिएर ग्राउन्डेड भएको उक्त न्यारो बडी विमान भाडाको इन्जिन जडान गरेर दुई महिनापछि नेपाल ल्याइएको हो ।

निगमको न्यारोबडी ए ३२० विमान (एन–एकेडब्ल्यू) पुस महिनामा काठमाडौँ–दोहा नियमित उडानका क्रममा पार्किङ वेमा इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड रहेको थियो ।
उक्त न्यारो बडी नेपाल ल्याउन निगमले ग्लोबल टेन्डरमार्फत कम्पनी छनोट गरेर तीन महिनाको लागि भाडाको इन्जिन जडान गरेर नेपाल ल्याएको निगमले जनाएको छ । निगमले नेदरल्याण्ड्सको एमटियू मेन्टिनेन्स लिज सर्भिसेज बिभी कम्पनीमार्फत विमानको इन्जिन भाडामा लिएर जहाज नेपाल ल्याइएको बताइएको छ ।

दोहास्थित कतार एयरवेजका इञ्जिनीयरिङ टिमले विमानको बायाँतर्फको इन्जिनमा इन्टरनल डिफेक्ट पहिचान गरेर निगमलाई इन्जिन फेर्न सुझाएको थियो ।

इन्जिनको उत्पादनकर्ता डिडब्ल्यूरआइएईसँग निगम व्यवस्थापनले गरेको परामर्शपछि इन्जिन मर्मत गर्न सकिने अवस्था रहेकाले तीन महिनालाई इन्जिन भाडामा लिएर निगमले उक्त जहाज नेपाल ल्याइएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

वि.सं.२०७८ फागुन २४ मंगलवार ०८:११ मा प्रकाशित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनचाँदीको मूल्य सामान्य वृद्धि

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको...

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...