काठमाडौं । भक्तपुरमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक महिलाको शब फेला परेको छ ।
भक्तपुरको चागुनारायण नगरपालिका ७ बागरेमा रहेको खेतको टहरामा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा अन्दाजी ३५/४० वर्षीया महिलाको शब फेला परेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिएका छन् ।
तरकारी खेती गरिदैँ आएको जग्गामा बनाइएको जस्ताले बारेको टहरामा परालले छोपेर राखेको अवस्थामा महिलाको शब भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घाँटीमा चोट लागेको तथा अर्धनग्न अवस्थमा भेटिएको उक्त शबको पहिचान भइनसकेको पनि प्रहरीले जनाएको छ ।
photo-Nepal police
वि.सं.२०७८ फागुन २४ मंगलवार १०:३६ मा प्रकाशित




























