back
CTIZAN AD

तनहुँका १४ वडामा शून्य पोलिथिन अभियान सम्पन्न

वि.सं.२०७८ फागुन २५ बुधवार

801 

shares

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका ‘शून्य पोलिथिन क्षेत्र’ घोषणा भएको छ ।

सीम नेपाल संस्थाको आयोजना तथा व्यास नगरपालिकाको सहकार्यमा श्रावण महिनादेखि सुरु भएको यस अभियानमार्फत् १४ वडाका २४२ टोल विकास संस्था, १२४ वटा शैक्षिक संस्था, विभिन्न आमा समूह, सुरक्षा निकाय, क्लबहरुमा प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रम गराइएको थियो ।

अभियानका क्रममा नगरका कृषिभूमी, राजमार्ग, सडक, नदि, खोला, वनजंगल तथा पानीका श्रोतमा छरिएर रहेका हजारौं बोरा पोलिथिनजन्य पदार्थ संकलन गरिएको थियो ।

प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रम पश्चात फाल्गुन २३ गते सोमबार नगर सभाहलमा एक औपचारिक कार्यक्रम बीच नगरलाई ‘शून्य पोलिथिन क्षेत्र’ घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिती प्रमुख शान्ति रमण वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपाानेलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

No description available.

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका पछि तनहुँ जिल्लाको व्यास नगरपालिका नेपालको दोस्रो ‘शून्य पोलिथिन क्षेत्र’ घोषणा गरिएको हो ।

‘शून्य पोलिथिन अभियान’ जनचेतनाको माध्यमबाट जथाभावी फालिएका र छरिएका पोलिथिनजन्य पदार्थको संंकलन र यसको दीर्घकालीन व्यवस्थापन गर्न सिकाउने अभियान हो । यस अभियानलाई अभियन्ता तथा वातावरणविद् निपेश ढाकाको अग्रसरतामा देशभर पु¥याउने लक्ष्य लिइएको छ ।

कार्यक्रममा बोल्दै जिसस प्रमुख शान्ती रमण वाग्लेले विविधता युक्त व्यास नगरमा यस अभियानले नेतृत्व वर्गलाई थप दायित्वबोध गराएको बताए ।

No description available.

त्यस्तै, विशिष्ठ अतिथी सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले व्यास नगरपालिकामा जल, जमिन र जंगलको संरक्षणका लागि सुरुवात भएको यस अभियान निकै सरहानिय धारणा राखे ।

उनले हरेक स्थानिय निकायले यस अभियानलाई अघि बढाउन जरुरी भएको बताए । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख मीरा जोशी र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले पोलिथिन जन्य पदार्थको दीर्घकालिन व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वि.सं.२०७८ फागुन २५ बुधवार १४:४० मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...