back
CTIZAN AD

लिथुआनिया र बेलारुसको जंगलमा ११ नेपाली अलपत्र, जर्मनीको जेल परेकाको उद्धार

वि.सं.२०७८ फागुन २९ आइतवार

873 

shares

काठमाडौं । लिथुआनिया र बेलारुसको जङ्गलमा ११ नेपाली अलपत्र परेका छन् ।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिवार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेका छन् ।

उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वाट्सएप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए । जर्मनीको लागि नेपाली राजदूत रामबाबु खड्काले ती नेपालीहरु युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामा मार्फत युरोप छिर्न हिडेको हुने सक्ने आशंका रहेको बताए ।

खड्काले उनीहरुको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरुसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए । उनीहरुले रुसमा विगत केही बर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए ।

युक्रेन युद्धबाट भागेर जेल परेकाको उद्धार
त्यसैगरी युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपालीहरु नेपाली दुतावासको पहलमा निस्केका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का अनुसार उनीहरुलाई जर्मनीको अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो ।

राजदूत खड्काका अनुसार रुस–युक्रेन द्वन्द्व पीडित नेपालीहरु दूतावासको सम्पर्कमा आउन छाडेको जानकारी दिए ।
रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई शनिवार साँझ सम्बोधन गर्दै राजदूत खड्काले केही बिचौलीयाहरुले युरोपका बिभिन्न देशमा रहेका नेपालीहरुलाई भित्राउन रसिया–बेलारुस युक्रेन हुँदै युरोप ल्याउन दलालहरु सकृय हुन् सक्ने भन्दै सचेत रहन आग्रह समेत गरेका थिए ।

उनले युक्रेनमा रहेका नेपालीहरुको सफलतापूर्वक उद्दार गर्न सहयोग गर्ने गैरआवासीय नेपाली संघलगायत अन्य संघसंस्थालाई धन्यवाद दिएका थिए ।

४ नेपालीको भारतद्धारा उद्धार
खड्काले युद्धमा विस्थापित भएका नेपाली मध्ये ४ जनालाई भारतीय सरकारको सहयोगमा उद्धार गरी नेपाल पठाएको जानकारी दिए । राजदूत खड्काका अनुसार २ जना हंगेरी, १ जना रोमानिया र १ जनालाई पोल्याण्डबाट गरी ४ जनालाई भारतीय सरकारले उद्दार गरेको हो । नेपाल फर्किएका १० जना मध्ये बाँकी ६ जना आफै सहयोग जुटाएर नेपाल फर्किएका हुन् ।

यसैबीच युद्धमा अलपत्र परेका नेपालीहरुलाई जर्मनीस्थित नेपाली दुतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ । हालसम्म ५६ जना नेपालीहरुले यात्रा अनुमति पत्र लिएका छन् ।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेनको लुगानबाट आएका ६ जना विधार्थीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पुर्याइको जानकारी दिए उनले ३५ वर्षदेखि युक्रेनमा बासोबास गर्दै आएका एकजना नेपाली परिवारले समेत युक्रेन छोडेर हिड्नु भएको जानकारी दिए ।

एनआरएनए पोल्याण्डाका महासचिव पवन खड्काले संघले अलपत्र परेका नेपालीहरुलाई खाना बस्नको व्यवस्था गरेको बताए ।

 

 

वि.सं.२०७८ फागुन २९ आइतवार १३:५० मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...