back
CTIZAN AD

फ्यान्टाको ‘कलरफुल हामी’ क्याम्पेन

वि.सं.२०७८ चैत १ मंगलवार

687 

shares

काठमाडौं । फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’ अभियान आयोजना गर्दैछ । यो पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुने बताइएको छ ।

यो अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको छ । जुनसुकै उमेर, लिंग, पेसा भए पनि हरेक मानिसहरु आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरीरहेका हुन्छन् । मानिसहरुको यस्तै आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलेब्रेट गर्न खोजेको छ ।

यो क्याम्पेनमा २ वटा नयाँँ टेलिभिजन विज्ञापनहरु छन्, जसले मस्तीका रंगहरुसँग जीवनको आनन्दलाई अंगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगीन पक्ष देखाउन चाहने स्ट्रिट पर्फर्मर, टिकटकरहरु र बाइक स्टन्टर्सहरुमार्फत चुलबुलेपनलाई देखाउन खोजिएको छ ।

यी विज्ञापनहरुले रंगको शक्ति र तिनीहरुले हामीलाई प्रदान गर्ने चन्चलतालाई देखाएका छन्। यो क्याम्पेनको अर्को विज्ञापनले चाहिँ होलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाएको छ ।

होली उत्सवको एउटा हिस्साको रुपमा फ्यान्टाले केटिएम लाइभसँग सहकार्य गर्दै ‘नेपाल टुर कलर मानिया’ गर्दैछ, जुन काठमाण्डौ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाटलगायत नेपालका प्रमुख सहरमा १३ वटा कार्यक्रम गरी मनाइँदैछ ।

यी कार्यक्रममा रमाइला र सहभागितामूलक गतिविधि राख्दै फ्यान्टाले आफ्ना उपभोक्तासँग अझै गहिरो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ । यसका साथै फ्यान्टाले ‘कलरफुल हामी’ थिमको इन्स्टाग्राम फिल्टर पनि ल्याउँदैछ ।

यी विज्ञापनहरु भिडियो, सिनेमा, इन्फ्लुएन्सरहरु र सामाजिक सञ्जाल हितको फ्यान्टाको मार्केटिङ क्याम्पेनको एउटा हिस्सा हुन् ।

वि.सं.२०७८ चैत १ मंगलवार ०९:०४ मा प्रकाशित

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

काठमाडौं । शेयर विश्लेषक तथा अर्थशास्त्री रविन्द्र भट्टराईले प्रतिनिधिसभाको अर्थ...

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका...