back
CTIZAN AD

बैंकहरुले अटो लोन नदिएपछि अटोबजार संकटतर्फ

वि.सं.२०७८ चैत १ मंगलवार

738 

shares

काठमाडौं । बैंकहरुबाट अटो लोन प्रवाह हुन छाडेपछि अटो बजार शुन्यतातर्फ पुग्न लागेको छ ।

मुलुकमा विदेशी मुद्राको सञ्चिती र बैंकहरुमा तरलता अभाव चुलिदै गएपछि नेपाल राष्ट्र बैंकले सवारी साधनको खरिदमा ५० प्रतिशत मार्जिनको व्यवस्था ग¥यो । राष्ट्र बैंकले मार्जिनको व्यवस्था लागु गरेपछि समस्यामा पर्न थालेको अटोबजारमा अहिले बैंकहरुले नै कर्जा प्रवाह गर्न छाडेपछि लगभग शुन्यतातर्फ पुग्न लागेको व्यवसायीहरुको प्रतिक्रिया रहेको छ ।

‘तरलता अभावको कारणले अटोलोन नियन्त्रण गरिएको थियो, अहिले बैंकहरुले लगानी गर्न नै छाडेका छन्’, नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले बताए । पछिल्लो समय अत्यन्तै सुस्त गतिमा बैंकिङ तरलताको क्षेत्रमा सकरात्मक संकेत देखिन थालेको छ । तर अर्थतन्त्रका महत्वपुर्ण सुचकहरुमा भने सुधार आउन सकेको छैन् । जसका कारणले केन्द्रीय बैंकले सवारी साधनको आयातलाई खुकुलो बनाउने नीति अख्तियार गरेको देखिँदैन् ।

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अनुसार बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ सुविधा बन्द गरेपछि अहिले व्यवसाय कमजोर मात्रै नभएर गाडीको बिक्रि नै नहुने अवस्था बनेको छ । नाडाका अध्यक्ष थापाले तरलता अभावको अवस्थामा बैंकहरुले अटोमा लगानी नगरेको भएतापनि यसको सुधार भइसकेपछि पनि लगानी नगर्ने हो की भन्ने डर भएको बताएका छन् । राष्ट्र बैंकले सवारी साधनलाई अनुत्पादक क्षेत्रको हिसाबले हेरेकाले आगामी दिनमा पनि सो क्षेत्रमा लगानी नगर्ने हो कि भन्ने चिन्ता व्यवसायीहरुमा भएको बताए ।

नगद मार्जिनको असर
नेपाल राष्ट्र बैंकले आयात कम गर्दै विदेशी मुद्रा संचितका लागि विभिन्न प्रकृतिका बस्तु आयातमा १०० प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको छ । गाडीको आयातमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था लागु गरेको छ । विगतमा एलसी खोल्दा मार्जिन राख्ने वा नराख्ने निणर्य बैंकहरु आफैँले गर्ने गर्दथे । तर अहिले राष्ट्र बैंकले एलसी खोल्दा अनिवार्य मार्जिनको व्यवस्था लागु गरेको छ ।

केन्द्रीय बैंकले लागु गरेको पछिल्लो व्यवस्थाले व्यवसायीहरुले मोटरसाइकल तथा स्कुटरसहित पेट्रोलियम पदार्थबाट चल्ने निजी सवारी साधनको आयातमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने हुन्छ । केन्द्रीय बैंकले लागु गरेको सो व्यवस्थाले सवारी साधनको आयातमा सिधा प्रभाव परेको व्यवसायीहरुको गुनासो रहेको छ ।

लोन प्रवाह नभएपछि चाहेकाले पनि किन्न पाएनन्
नेपालमा अधिकांश निजी सवारी साधन खरिद गर्नेहरु मध्ये अधिकांशले फाइनान्सको सुविधा प्रयोग गर्ने गर्दछन् । नाडाका अध्यक्ष ध्रुब थापाका अनुसार बैंकहरुले ऋण नै लगानी नगरेपछि सवारी साधन खरिद गर्छु भन्ने ग्राहकरुले खरिद गर्न पाएका छैनन् । अटो कर्जाको प्रवाह घटेको छ ।

मंसिर मसान्तसम्म १ खर्ब ६८ अर्ब ९० करोड १० लाख हायर पर्चेज कर्जा प्रवाह गरेका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले पुस महिनामा १ खर्ब ६८ अर्ब ५५ करोड ७० लाख रुपैयाँमा मात्रै लगानी गरेका छन् । व्यवसाय संकटमा पुगेपनि राज्यको अवस्था र अपनाएको नीतिलाई हेरेर आफुहरुले धैर्यता गरेको अध्यक्ष थापाको भनाई रहेको छ ।

वि.सं.२०७८ चैत १ मंगलवार ०९:०१ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...