back
CTIZAN AD

छन्द कविता : शिक्षा

वि.सं.२०७८ चैत ५ शनिवार

2.2K 

shares

ओम आचार्य, अर्घाखाँची

घरको मनितो, नगरेर हुने
न निको चलनै, विधिमा छभने
विधि नै उधिनौँ, अलमल् नगरी
भ्रमको सपना, शरमा नधरी ।१।

उपकार बिना, न कुनै छ गति
शुभ कर्म बिना, नहुने प्रगति
सबले मनमा, न जपी नहुने
छ कुरा हितमा, दिन रात गुने ।२।

सुन बातछ त्यो, असली जन हो
जुन साथ छ त्यो, असली पन हो
छ बरोबर त्यो, धरती गरिमा
छ सरोवर त्यो, सृजना भरिमा ।३।

कसले कसरी, कुन स्वार्थ लियो
जसले जसरी, जुन अर्थ दियो
अब त्यो मुटुमा, सुइरो बिझने
छ भने जनले, बलले झिकने ।४।

न बनाउन भो, अब देश बली
न दिनू अब त्यो, हठले स्व चली
मुकदर्शक भै, नढली उठ लौ
जनता मतमा, सतमा जुट लौ ।५।

छन्द ः तोटक
स गण=IIS×४

वि.सं.२०७८ चैत ५ शनिवार ०७:२४ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...