काठमाडौं । विदेशी मुद्रा सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखा बोर्लाङ-८की रन्जिता श्रेष्ठ रहेकी छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठले ल्याएको व्यागेज विमानस्थलमा खटिएको प्रहरीले एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला परे पछि उनलाई नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ चैत ६ आइतवार १४:२३ मा प्रकाशित






























