back
CTIZAN AD

मन्त्रिपरिषद् पुनर्गठनकाे तयारी, माओवादीले राख्यो थप मन्त्रालय पाउनुपर्ने अडान

वि.सं.२०७८ चैत ८ मंगलवार

780 

shares

काठमाडौं । स्थानीय निकायको चुनावको मुखैमा मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । सत्ता साझेदार दलहरुबीच भएको समझदारीअनुसार केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक कुरा नटुंगिएको भएपनि केही दिनभित्रै नतिजा आउने बताएका छन् । मंगलबार जनकपुर पुगेका प्रचण्डले केही नयाँ अनुहारसहित मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको बताए ।

“मन्त्रिपरिषद् हेरफेरको कुरा चलेको छ, औपचारिक रुपमा टुंगिएको छैन, तर केहीदिन भित्रै सबै कुरा टुंग्याइन्छ”, प्रचण्डले भनेका छन्, “केही नयाँ अनुहार पनि आउँछन् ।”

पुनर्गठन गर्दा कार्यसम्पादन मूल्यांकनमा कमजोर रहेका मन्त्रीहरु हट्ने प्रचण्डकाे भनाइ छ ।

माओवादी र समाजवादीभित्र मन्त्री फेर्न चर्काे दबाब

माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र मन्त्रीहरु हेरफेर गर्ने विषयमा छलफल चलिरहेको छ । दुवै पार्टीभित्र असफल देखिएका मन्त्रीहरु फिर्ता बोलाउनुपर्ने माग छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुवै दललाई मन्त्री हेरफेर गर्न सुझाब दिएका थिए । देउवाले दुवै दलका अध्यक्षलाई भेटेरै प्रभावकारी काम गर्न नसकेका र आलोचनाको केन्द्र बनेका मन्त्रीहरु फेर्नुपर्ने प्रस्ताव राखेका थिए ।

अहिले माओवादी केन्द्रभित्र अर्थमन्त्री जनार्दन शर्मासहितका केही मन्त्रीको नाम फिर्ता बोलाउने सूचीमा परेको बुझिएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेल, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलगायतप्रति माओवादीभित्र समिक्षा नै चलेको थियो ।

यता, एकीकृत समाजवादीभित्र पनि स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका नेता विनोद खतिवडा र रामकुमारी झाँक्रीसहितका केही मन्त्री फेर्नुपर्ने आवाज छ । निकै अलोकप्रिय बनेका दुवै मन्त्रीलाई फिर्ता बोलाउन अध्यक्ष माधव नेपाललाई नेताहरुले दबाब दिइरहेका छन् ।

थप मन्त्री पाउनुपर्ने माओवादी अडान

सदनमा सांसद संख्याको हिसाबले माओवादी केन्द्र कांग्रेस पछिको दोस्रो पार्टी हो । तर, मन्त्रिपरिषद्मा एकीकृत समाजवादी र जसपाको मन्त्री संख्या बराबर माओवादीका मन्त्री छन् । तत्कालिन समय मन्त्रिपरिषद्लाई गठन गर्दा माओवादी केन्द्रले सामान्य मन्त्रालय लिँदै अन्य दललाई चित्त बुझाइदिएको थियो ।

तर, अब मन्त्रिपरषद् पुनर्गठन गर्दा माओवादी केन्द्रले हैसियत बराबरकै हिस्सा पाउनुपर्ने अडान राखेको छ । अध्यक्ष प्रचण्डले हिजोको बाध्यताअनुसार सहयोग गरिएको भन्दै अब हैसियतअनुसारकै मन्त्रिपरिषदमा हिस्सा हुनुपर्ने बताए ।

“विगतमा प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्‍यो भन्नुभयो, माधव नेपालले मैले भर्खर पार्टी बनाएकाले सहयोग गर्नुपर्ने भनेकाले हिजो त्यस्तो भएको हो”, जनकपुरमा प्रचण्डले भनेका छन्, “मन्त्रिपरिषद्‍मा हेरफेर हुने स्थिति आयो भने हैसियतअनुसार मन्त्रालय चाहिन्छ भनेका छौं, हामीले जति मन्त्रालय पाउनुपर्ने मन्त्रालय हो त्यो पाउनुपर्छ भनेर प्रधानमन्त्रीजीलाई भनेको छु ।”

वि.सं.२०७८ चैत ८ मंगलवार १३:१३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...