back
CTIZAN AD

यात्रुवाहक विमान दुर्घटनापछि उद्धार कार्य जारी

वि.सं.२०७८ चैत ८ मंगलवार

690 

shares

नानिङ, चीन । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धार कार्य जारी रहेको छ । उद्धार कार्यमा २ हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ ।

दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजी कार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको जनाइएको छ । दक्षिण चीनको ग्वाङडोङ प्रान्तको राजधानी ग्वाङ्झाउमा रहेको ड्रोन उद्धार केन्द्र र विमानको गन्तव्यसमेत रहेका उद्धारकर्ता झू सियाओडोङले उक्त स्थानमा पुग्ने केही बाटोहरू मात्र भएकाले उद्धार कार्य गर्न कठिन भएको बताएका छन् ।

मंगलबार बिहान साढे ७ बजे उद्धारस्थलमा हल्का वर्षा भएको थियो । स्थानीय मौसम विभागले मंगलबारदेखि बिहीबारसम्म यस क्षेत्रमा थप वर्षा हुने अनुमान गरिएको छ । यसैकारण खोजी कार्यमा प्रतिकूल असर पार्न सक्ने बताइएको छ ।

कुनमिङबाट गुआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान सोमबार दिउँसो २ः३८ बजे वुझाउ सहरको टेङ्क्सियान काउन्टीको मोलाङ गाउँनजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।
सिन्ह्वा

वि.सं.२०७८ चैत ८ मंगलवार १७:०७ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...