back
CTIZAN AD

अमेरिकामा एक नेपालीको उपचारका क्रममा निधन

वि.सं.२०७८ चैत ९ बुधवार

771 

shares

विजय थापा, अमेरिका । अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बस्दै आएका कर बिज्ञ तथा सामाजिक अभियन्ता कमल शर्माको निधन भएको हो ।

लामो समयदेखि पित्तनलीको अवुर्द रोगले पीडित रहेका ४१ वर्षीय शर्माको मार्च २२ मंगलबारका दिन स्थानीय समय अनुसार २ः३० मा निधन भएको हो ।

स्व शर्माका साथी एचडिएनपी इन्टरनेसनलका संस्थापक देवी ‘डेविड’ आचार्यले शर्माको मृत्युमा दुःख व्यक्त गर्दै श्रद्धान्जलि व्यक्त गरेका छन् । आचार्यले उनको निधन भिटस हसपाइस युनिटमा भएको जानकारी दिएका छन ।

आचार्यका अनुसार शर्मा एचडिएनपी इन्टरनेसनलसंग आबद्ध रहेका थिए । स्व शर्मा टेक्सस राज्यमा परिवार साथ बस्दै कर सम्बन्धी आफ्नै काम गर्दै आएका अत्यन्त सक्रिय सामाजिक कार्यकर्ता थिए ।

शर्मामा गत बर्ष मे महिना देखि पित्तनलीको समस्या (क्यान्सर) को पहिचान भएको थियो । उनलाई लागेको उक्त रोग दुर्लभ हो । यस्तो प्रकारको रोग प्राय ६० बर्ष माथिका व्यक्तिहरुलाई लाग्ने गर्छ ।

उनि टेक्ससमा आफ्नी पत्नी सरिता शर्मा आचार्य, दुई छोराहरु र एक छोरीका साथ बसोबास गर्दै आएका थिए ।

 

वि.सं.२०७८ चैत ९ बुधवार ०८:१३ मा प्रकाशित

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज (पर्सा) । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई...

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

काठमाडौँ । आगामी साताबाट सुरु हुन लागेको नेपालकै ठूलो मध्येको...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...