back
CTIZAN AD

लघुकथा : चाउरे जुत्ता

वि.सं.२०७८ चैत १२ शनिवार

1.6K 

shares

डा. विदुर चालिसे, काठमाडौं

‘खुट्टा भए जुत्ता कति कति !’

आजकल यो कथन नफेरिए पनि यसको खास अर्थ फेरिएको थियो । अर्थ फेरिनुको कारण महिना मुक्तिको उत्सब थियो । उत्सबका बेला–बेलामा सिद्धान्तको व्याख्या सुनिन्थ्यो ।

‘जुत्ता भए खुट्टा त झन कति कति !’

एकदिन महान विदुषीको व्याख्यान सुनिरहेको थिएँ । उनको लय र लवज उत्कर्षमा थियो । भाव र भूमि निष्कर्षमा पुगेको थियो । उनको सभ्यवाणीमा आचार, विचार र सदाचारको एक तपस्यासँग उन्मुक्तिको भ्वाइलेनी रूवाइत ध्वनि निस्किरहेको थियो ।
‘चाउरिएको पुरूष प्रकाश !’

यौन गृहमा एक पूर्व लडाकुको पिरको दृश्यले खपिरहेको एक चाउरिएको पुरूष थिएन । अर्काेतर्फ त्यस्तै चाउरिएको पुरूष हात मोलिरहेको थियो । भनिरहन्थ्यो ।

‘बदनाम भयो !’

प्रवचन कक्षको बाहिर मोची जुत्ता सिलाइरहेको थियो । एक ग्राहकले मोचीलाई सोध्यो ।

‘जुत्ता र खुट्टामा कुन ठुलो, थाहा छ ?’

विसौं वर्षदेखि जुत्ता सिलाइरहेको मोचीको आफ्नै अनुभव थियो । उसले हात उठाएर भन्यो ।

‘डलर कि रूपयाँ ?’

ग्राहक त्यसै अल्मलमा पर्याे । उसको आँखा कहिले चप्पलमा, कहिले बुटमा, कहिले टेनिसुजमा, कहिले कालो जुत्तामा त कहिले डिंगोमा गएर ठोकियो । उसलाई मनमा एउटा प्रश्नले घर गर्याे । सोध्यो ।

‘नेपाली जुत्ता छैन ?’

मोचीलाई खुब रिस उठ्यो । उसले ग्राहकलाई आफ्नो देश, जनता र आफ्नो मुक्तिका लागि युद्ध लड्दा लागेको छर्रा र ढाँडको गोलीको तस्वीर देखाएर भन्यो ।

‘लौ हेर्नाेस, नेपाली जुत्ता !’

ग्राहकले उसलाई नियालेर हेर्याे । केही परिचित जस्तो लागेर अनुहार नेरै पुगेर चश्मा खोलेर सम्झना स्वरूप भन्यो ।
‘ए चाउरे पो !’

वि.सं.२०७८ चैत १२ शनिवार ०७:०३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...