back
CTIZAN AD

कविता : अदम्य शक्तिको रुप हुँ म

वि.सं.२०७८ चैत १२ शनिवार

978 

shares

बिष्णु ठकुरी
साई नन्दन, दिलाराम, दार्जिलिङ

मलाई बुझ्ने कोशिश नगरे हुन्छ
म त बादलको एकटुक्रा हुँ
कहिले आकाशमा उडिहिँड्ने
कहिले पानी भएर बर्षने ।
रुखो धर्तीमा हरियाली भर्ने
म त बादलको एकटुक्रा हुँ ।

मलाई नबुझे हुन्छ
म त एउटा चट्टान हुँ
कहिले दवाल बनेर खडा हुन्छु
कहिले टुक्रा टुक्रा भएर
घरको घडेरी बन्छु ।

हो मलाई नबुझे हुन्छ
कहिले म हावा हुँडरी भई
ब्रमाण्ड नै तहसनहस गर्छु
कहिले थुप्रिएका मैलो कुचिलो
बडारे प्रकृती नै सुकिलो पार्छु ।
हो! म प्रकृती नै सुकिलो पार्छु ।
मलाई बुझ्ने कोशिश नगरे हुन्छ ।

म खोला नालाको पानी
आफ्नै सुरमा सलल बग्ने गर्छु
छेक्तिन कसैको बाटो
कुलो काटेर बरू
मोड्न खोज्छन् मलाई
खुशी खुशी खेतबारी भिजाइदिन्छु म ।
तिर्खाएको बेला तिर्खा मेटाइदिने म नै हुन्छु ।

मलाई नबुझे हुन्छ
म शितल बतास हुँ
गर्मीमा शितल दिन्छु अनि
स्वास–प्रस्वासको मुख्य भूमिका
मेरै हुन्छ बुझिराख्नु ।

म धर्ती हुँ पृथ्वी थाम्ने
लाखौं करोडौंको बोझ थाम्ने
तिम्रो जिन्दगीको आश्था हुँ म
अन्नबाली र मनुष्यको खेत खलियान
अदम्य शक्तिको रुप हुँ म
माया र ममताको धरा हुँ म ।

किन बुझ्ने मलाई
आफैलाई बुझ्ने कोशिश गर
मलाई नबुझे हुन्छ ।
आफ्नो धर्म निभाउन सक्छु म ।

वि.सं.२०७८ चैत १२ शनिवार ०७:०० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...