back
CTIZAN AD

कविता : प्रेम

वि.सं.२०७८ चैत १२ शनिवार

3.8K 

shares

राधा पाण्डे, गैंडाकोट न.पा.१६, नवलपुर

स्वार्थको गन्ध विना
प्राप्तिको छिटा विना
मानविय सम्बन्धमा,
श्रद्धा बढ्दै जान्छ भने
त्यो हृदयको नाता,
ईश्वरीय उपहार हो

मनभित्रका पत्रपत्र,
एकपटक उक्काएर हेर
त्यहाँ अनुपम प्रेम अंकुरण हुँदैछ
त्यो पुनर्जन्मको साइनोले
तिमीलाई बाँच्न प्रेरणा दिनेछ
त्यो मायाको बैसाखीले,
तिम्रा हरकदममा उर्जा पैदा गर्नेछ

बन्द गरेर दुबै नयन
त्यो पवित्र प्रेम,
मात्र महसुस गर
त्यतिबेला बल्ल तिमीलाई
आफ्नै जीवन प्यारो लाग्नेछ

प्रेमको त्यो श्यामश्वेत रङ्गलाई
आत्मिक दृष्टिले हेर
तिमीले जुन रंङ्गमा चाहान्छौ
प्रेमको त्यही रङ्ग देख्न सक्छौ
मायाको परिभाषा बुझ्न
चर्म चंक्षू कदापि नखोल
जीवनकै रङ्ग फिका हुन सक्छ ।

 

 

वि.सं.२०७८ चैत १२ शनिवार ०७:०४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...