back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ चैत १२ शनिवार

1.3K 

shares

गोठालो काशिराम
ढकारी १, रिमा, अछाम


टाढै बस नजिक आउने, कुरै नगर
यो हातमा हात थमाउने, कुरै नगर
संघर्षमै बितिसक्यो आधा जिन्दगी
भयो तिमी मोहनी लाउने, कुरै नगर


धेरै भयो समय खराब आको, पनि
आरोप झेल्नु पर्छ हुँदै नभाको, पनि
यो समाजमा मान्छे कस्ता कस्ता छन
रिस गरिहाल्छन् कमाइ खाको, पनि


यी नयनहरु ओभानो, छदै थिएन
दाना पानी मुठी मानो, छदै थिएन
उनी सु–सम्पन्न मान्छेको खोजीमा
मसंग त घरको छानो, छदै थिएन


खेतबारी थिएन कुनै सम्पत्ति, थिएन
यो जीविकोपार्जन हुने जति, थिएन
म उहिले बाटै गरिबीको चपेटामा थे
बिरामी बा लाई दिने ओखती, थिएन


गर्नुपर्छ बलियो अठोट, सहनु पर्छ
बरु जतिसुकै होस खोट, सहनु पर्छ
जिन्दगीको आकार बदल्नु छ भने
पिटिनु पर्छ हरेक चोट, सहनु पर्छ

 

 

वि.सं.२०७८ चैत १२ शनिवार ०७:०५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...