back
CTIZAN AD

दस टुक्का कविता

वि.सं.२०७८ चैत १२ शनिवार

906 

shares

रतन पाण्डे ’पारतन’, दार्जिलिङ

१.
पूर्णिमाको जून,
नबन्नु है घुन ।
२.
नठग्नु संसार,
परौला भन्सार ।
३.
हाँसी खेली बाँचौं,
भाइचारा साँचौं ।
४.
पढीलेखी ठूलो बन्नु
जीवनको जग खन्नु ।
५.
गरिब दुःखीको सेवा,
प्रभुलाई दिने पेवा ।
६.
जितेदेखि जिन्दगी मजा,
हारमा त्यसै बन्छ धजा ।
७.
धरती मातालाई सेवा ढोग,
नगर पशुप्राणी यहाँ भोग ।
८.
भाषा साहित्य संस्कृति बचाऔँ,
आफ्नो प्यारो जातिलाई सजाऔँ ।
९.
जनता सुशासन खोइ नेता भन्छन्,
प्रजाको हितकारी ती कहिले बन्छन् ।
१०.
पैसाभन्दा महत्वपूर्ण यहाँ सम्बन्ध हुन्छ,
त्यसैले त मान्छे मर्दा चसक्क यो मन छुन्छ ।

वि.सं.२०७८ चैत १२ शनिवार ०७:०५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...