back
CTIZAN AD

छन्द कविता : आऊ न हे ईश्वर !

वि.सं.२०७८ चैत १२ शनिवार

909 

shares

कनकधारा स्वामी स्वदेशानन्द
गान्तोक, सिक्किम

हत्या मानिसको गरेर सुकिलो को बन्छ होला सदा,
हत्या हुन्छ तितो हुँदैन गुलियो संसारमा सर्वदा ।
हत्या त्यो उपहार हैन कहिल्यै ज्ञानीहरूको पनि,
हत्याले इतिहास गर्वित हुने होला र कैले पनि ।।०१।।

थुप्रै शैशव मर्दछन् रहरका ओछ्यानमा रातमा,
तोडिन्छन् नव कोपिला कुसुमका फुल्नै नपाईकन ।
रुन्छन् धेर वसन्तमा विपिनमा चीत्कार पोखीकन,
मातेका भ्रमरा पराग रसले डुल्ने भए बागमा ।।०२।।

रोज्छन् आपसमा उडी भ्रमरले तेरो र मेरो भनी,
हुन्छन् वस्त्रविहीन फूल बिचरा रुन्चे भयो जीवनी ।
हाँसेनन् कहिल्यै कुनै कसुमले आनन्द मानीकन,
यात्रीका सँगमा मुसुक्क नफुले हुन्थ्यो कहाँ जीवन !।।०३।।

देखेनन् रविले कुनै दिवसमा पर्खाल अग्लो थियो,
हेर्ने कोसिस चन्द्रमा गरिरहे छायाँ नयाँ पर्दथ्यो ।
तारा टिल्टिलि टल्किए गगनमा देखिन्छ होला भनी,
देखेनन् गिरितुङ्गले विटपमा झुन्डी मरेको पनि ।।०४।।

हेर्दा बाहिर फूल मग्मग गरी फुल्ने गरे तापनि,
भित्री क्रुर कथा छ यो विपिनको बुझ्दैन कोही पनि ।
बस्छन् रावण कुम्भकर्ण गिरिमा मानौं तपस्या गरी,
वैदेही गिरिजा बलात्कृत भए जान्दैन कोही हरि !।।०५।।

माया–मोहन–मोहिनी–मगजले गर्दैन मायाँ रति,
माया मारिच धर्म रक्षक भयो गर्ने भए आरती ।
खोलामा कति छन् अवैध शिशुका आमाहरूका शव,
खोजी छैन निखोज छन् शयनमा वैराग्यका वैभव ।।०६।।

झुल्केलान् रवि रश्मियुक्त गिरिमा कालो हटाईकन,
भेटिन्छन् सुँइको अनेक शवका खोला तथा खेतमा ।
धेरै पाप बढ्यो कलङ्कित भए आस्था तथा मन्दिर,
आफ्नो शैशव खोज्दछन् शवहरू आऊ न हे ईश्वर !।।०७।।

छन्द : शार्दूलविक्रीडित

वि.सं.२०७८ चैत १२ शनिवार ०७:०८ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...