back
CTIZAN AD

छन्द कविता : अपार छ हेर तनकै विभूति !

वि.सं.२०७८ चैत १२ शनिवार

1.2K 

shares

राजेन्द्रकुमार बज्राचार्य
कोटेश्वर, काठमाण्डौं

प्रभात उमङ्ग सब छन् त दङ्ग ।
अनेक प्रभाव नरकै छ ढङ्ग ।।
जवाफ अनेक मनभाव रङ्ग ।
विचार प्रभाव जनका विरङ्ग ।।१।।

रहेछ विचार मनमा तरङ्ग ।
उठेर उछाल मन भो भरङ्ग ।।
सबेर थिचिन्छ जब अङ्गअङ्ग ।
प्रभाव मिचिन्छ अनि पो झसङ्ग ।।२।।

कठोर विचार मनमा प्रसङ्ग ।
पराजित हुन्छ तन यो अनङ्ग ।।
छ लज्जित हेर मनमा अनन्त ।
अवश्य नि हुन्छ तनभाव अन्त ।।३।।

मुमा जब भर्छ उदरै ल उत्स ।
रहे अब एक तनमा नि वत्स ।।
भयो मनमा नि सब झैं बुभुत्सु ।
उतार उछाल अब त्यैं छ अस्तु ।।४।।

छ ज्ञान सदैव मनका बुभुक्षु ।
उपाय सिकिन्छ सब ती मुमुक्षु ।।
छ आर्जित धेर जगकै प्रभूति ।
अपार छ हेर तनकै विभूति ! ।।५।।

छन्दःत्रिपुराहिउँ चुली
गणः ज ज स ज
संकेतः ।ऽ। ।ऽ। ।।ऽ ।ऽ।
यतिः ६ अक्षरमा

 

वि.सं.२०७८ चैत १२ शनिवार ०७:१० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...