back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ चैत १२ शनिवार

1.1K 

shares

पवन कुमार बुढाथोकी, काठमाडौं


दुई चार जनाले हो मा हो भन्दिनु पर्छ मातिन्छ मान्छे
दुई जनाले उस्का कुरा काटिदिनु पर्छ आतिन्छ मान्छे
यस्तै त लाग्छ मान्छेका बहुरङ्गी र अस्थिर स्वभाव,
कहिलेकाँहि त विवेक सून्य भएर नै पो पातिन्छ मान्छे ।


काम खोज्न लै बिदेश पठाउनु लाजमर्दो
आफ्नाई भन्दा अरुलै सघाउनु लाजमर्दो
विप्रेषणनै मुख्य आय श्रोत मध्ये एक रे,
जताततै दलालै दलाल लगाउनु लाजमर्दो ।


हल्लै हल्लाले बिरामी भै थल्लियो मेरो देश
झनै बिकासको नाममा त डल्लियो मेरो देश
दाँयाबाँयाकाले सन्काई दिए पछि त झन अझै,
बतासिने पिङ्ग जस्तै गरि हल्लियो मेरो देश ।


शक्ति र पद भनेको त घुमिफिरी रुम्जाटार हो
कमजोर को हैन शक्तिशालीकै मौरीको घार हो
हाम्रो जस्तो पद्दतिको बिकास नभएको ठाँउमा त,
गर्ने र लाउनि चैँ सबैले आ आफ्नालाई पार हो ।


अरूका दुःख देखेर गोहीका जस्ता आँसु तिमीले चुहायौ
तिमीलेनै वास्ता नगरि जनतालाई रूहाउन सम्म रुहायौ
के यो मुलुक टाठाबाठाका मात्रै एकलौटी र बपौति हो ?
भन्नचैँ सबैलाई भन्यौ तर तिम्ले त आफन्त मात्रै खुहायौ ।

 

वि.सं.२०७८ चैत १२ शनिवार ०७:११ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...