back
CTIZAN AD

कांग्रेस बैठक : गठबन्धन गर्ने पक्षमा उभिए अधिकांश केन्द्रीय नेता

वि.सं.२०७८ चैत १३ आइतवार

939 

shares

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी स्थानीय तहको चुनावमा गठबन्धन गरेर जानुपर्ने मत बलियो गरि देखिएको छ । शनिबारदेखि बसेको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले आगामी स्थानीय तहको चुनावमा गठबन्धन गरेर मत राखेका हुन् ।

नेताहरुले गठबन्धन गर्नुपर्ने तर, त्यसको मापदण्ड र अधिकारका स्पष्ट बनाउनुपर्ने सुझाब राखेका छन् । नेताहरुले अन्य दलका नेतालाई जिताउन नभइ संविधान मिच्ने शक्ति नेपा (एमाले) हराउन पनि गठबन्धन गर्नुपर्ने सुझाब दिएका छन् ।

बैठककै बीचमै बाहिरिएका नेता रामचन्द्र पौडेलले गठबन्धन बनाउनु पर्ने तर, गठबन्धनको नीति र मापदण्ड स्पष्ट पार्नु पर्ने धारणा नेताहरुको रहेको बताए । “अहिले सुझावहरु गठबन्धन गर्नुपर्छ भन्ने नै धेरै छन्, पार्टीले गठबन्धन गरेरै जान्छ भन्ने धेरैको बुझाइ छ, बैठकको परिदृष्य त्यस्तै देखिन्छ”, पौडेलले भने, “तर, नीति र मापदण्डमा भने छलफल हुनुपर्ने धारणा छ।”

गठबन्धन बनाउन केन्द्र नभई स्थानीय नेतृत्वलाई नै जिम्मा दिनुपर्ने सुझाब नेताहरुले राखेका छन् । केन्द्रबाट हस्तक्षेप गर्दा गठबन्धन नबन्ने र बनिहाले पनि अर्थपूर्णं हुन नसक्ने नेताहरुको बुझाई छ ।

कांग्रेसभित्र आगामी स्थानीय तहको चुनावलाई लिएर गठबन्धन गर्ने वा एक्लै लड्ने भन्ने विषयमा बहस छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनसहित चुनाव लड्ने मनस्थितिमा छन् भने संस्थापन इतर समूहका नेता शेखर कोइराला एक्लै चुनाव लड्नुपर्ने अडानमा देखिन्छन् ।

विशेष गरी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गर्दा कांग्रेसलाई देशैभर क्षति हुने त्रास कांग्रेसमा देखिएको छ । सोही चुनावी अंकगणितको लेखाजोखा गरि देउवा पक्ष गठबन्धन गर्नुपर्ने पक्षमा उभित्रएको बुझिन्छ ।

वि.सं.२०७८ चैत १३ आइतवार १६:४२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...