back
CTIZAN AD

यूक्रेनको युद्धका कारण यमनमा जारी मानवीय सङ्कटको छाँयामा

वि.सं.२०७८ चैत १४ सोमवार

768 

shares

१४ चैत, काठमाडौँ । तर ‘विश्वको सबैभन्दा खराब मानवीय सङ्कट’ रहेको यमनको सङ्कटरूस–यूक्रेन युद्धका कारण छाँयामा परेको संयुक्त राष्ट्र संघले जनाएको छ । यमनमा मानवीय सङ्कट थप बिग्रँदै गएको जनाइएको छ ।

यमनका लागि आर्थिक सहायता जुटाउने संयुक्त राष्ट्रसंघको पछिल्ला प्रयासहरू असफल भएका छन् । राष्ट्रसंघ मार्च १६ मा स्थापित कोषमा चार अर्ब जम्मा गर्ने आँकलन गरेको थियो तर उक्त रकमको एक तिहाइभन्दा कम रकम मात्र सङ्कलन भएपछि यसतर्फ विश्व समुदायले ध्यान दिन जरूरी भएको देखिएको छ ।

“यूक्रेनमा जारी युद्धको कारण यमनमा महँगी दोब्बर भएको छ, विशेष गरी पीठोको मूल्य बढेको छ । पहिले प्याकेट पीठोको करिब २१ देखि २५ डलरसम्म रहेकोमा अहिले उक्त मूल्य बढेर ५० डलर पुगेको छ,” मुस्लिम ह्यान्ड्स नामक गैर–सरकारी संस्थाकी परियोजना अधिकारी साराह शावकीलाई उद्धृत गरी बीबीसीले लेखेको छ । उक्त संस्थाले यमनमा पाँच वटा पाउरोटी उद्योग सञ्चालन गर्दै आएको छ ।

शावकीले भने, “हामीले अहिलेसम्म आधारभूत खाद्यान्न उपलब्ध गराउनका लागि अन्य थुप्रै वस्तुहरूमा कटौती गर्नुपरेको छ ।”

शावकीका अनुसार २५ हजार लाभान्वित धेरैको परिवार दैनिक रूपमा संस्थाले दिएको खाना ९रोटी० मा निर्भर छन् । संस्थाले विशेष गरी कमजोर व्यक्ति, अनाथ, अपाङ्गता भएका मानिसहरू र महिलाहरूलाई सहयोग गरिरहेको छ ।

यमन मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रको सबैभन्दा गरिब देश हो जसले करिब ९० प्रतिशत खाद्यान्न आयात गर्छ । विश्व बैंकका अनुसार यमनमा ४० प्रतिशत गहुँ यूक्रेन र रूसबाट पठाइन्छ ।

यमनी सहर एडेनबाट स्थानीय मुस्लिम ह्यान्ड्स सहायता संस्थाका कर्मचारीहरूले मूल्य वृद्धिले उनीहरूको मानवीय सहयोग परियोजनाहरूलाई ठप्प पार्न सक्ने बताए ।

पाँच सन्तानसहितकी एक विधवा एडेनबासी राइधा मेथनाको परिवार परोपकारमा निर्भर छ । उनले भने “म आधारभूत आवश्यकताहरूको अभावबाट गुज्रिरहेकी छु । मसँग निश्चित तलब प्राप्त हुने काम छैन । म र मेरा सन्तानले दिनमा दुई वटा रोटी पाउँछौँ र हामी त्यही खान्छौँ । यदि उनीहरूले रोटी दिन बन्द गरे भने मसँग उपाय छैन ।”

वि.सं.२०७८ चैत १४ सोमवार ०९:२९ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...