back
CTIZAN AD

विप्लव आफैं पार्टीभित्र अल्पमतमा परेपछि…

वि.सं.२०७८ चैत १४ सोमवार

780 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ स्वंय नै अल्पमतमा परेका छन् । कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समिति बैठकमा विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई दुई तिहाई सदस्यले अस्वीकृत गरिदिएका हुन् । उनको प्रस्ताव असफल भएको छ ।

स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने मतसहितको विप्लवको राजनीतिक प्रतिवेदनको पक्षमा नेकपाको केन्द्रीय समितिका ६९ सदस्यमध्ये जम्मा २५ सदस्य मात्रै उभिए । उनको प्रस्तावको विपक्षमा ४४ केन्द्रीय सदस्यले मत प्रस्तुत गरे ।

विप्लवको प्रस्तावको पक्षमा नेकपाका अर्का नेता खड्गबहादुर विश्वकर्मासहितका केही शीर्ष नेताहरु उभिएको भएपनि केन्द्रीय नेताहरुले समर्थन गरेनन् । शुक्रबार र शनिबार दिनभर अन्य नेताहरुलाई मनाउन विप्लवले निकै प्रयास गरेको भएपनि प्रयास सफल भएन ।

संसदीय व्यवस्थाकै विकल्प खोज्ने नीतिसहित हिंसात्मक आन्दोलनमा समेत होमिएको नेकपामा विप्लवको प्रस्तावले निकै ठूलो हल्लीखल्ली मच्चिएको थियो । नेताहरुले विप्लवको प्रस्तावलाई ‘क्रान्ति विरोधी’ भनि विरोध गरेका थिए ।

खोजियो मध्यमार्गी बाटो

चुनावमा जाने विषयमा नेताहरु सहमत नभएपछि नेकपाभित्र मध्यमार्गी बाटो खोजिएको छ । नेता धर्मेन्द्र बास्तोलाका अनुसार चुनावमा नजाने तर, पार्टीको तर्फबाट कोही स्वतन्त्र उम्मेदवार उठे कारबाही नगर्ने नीति लिने निर्णय भएको छ ।

“हाम्रो पार्टी चुनावमा जाँदैन तर, देशभक्त, जनभक्त, राष्ट्रघात विरोधी, एमसीसी विरोधी छन् भने उनीहरुलाई समर्थन गर्ने भन्ने भएको छ”, बास्तोलाले बैठकको छलफलबारे भनेका छन्, “कोही चुनावमा गए भने कारबाहीको विषय नबनाउने पनि भन्ने छ, स्वतन्त्र तरिकाले निर्वाचनमा भाग लिन मिल्छ तर, हाम्रो घोषित नीति चुनावमा नजाने नै हुन्छ ।”

नेता बास्तोलाका अनुसार व्यवस्था बदल्ने नीतिमै नेकपा अगाडि बढ्छ । उनले भनेका छन्, “हामी चुनावमा नजाने भनेको होइन, यो व्यवस्थामा नजाने भनेको हो । यो व्यवस्थालाई बदल्न खोजेको हो । यस व्यवस्थालाई बदल्न हामी भरमग्दुर प्रयास गर्छौं ।”

वि.सं.२०७८ चैत १४ सोमवार १२:२३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...