back
CTIZAN AD

स्नातकोत्तर तहको पढाइ सुरु गर्न नागरिक दबाब

वि.सं.२०७८ चैत १४ सोमवार

702 

shares

रोल्पा । यहाँ स्नातकोत्तर तहको पढाइका लागि नागरिक दबाब बढेको छ । छिमेकी जिल्लामा लामो समयदेखि स्नातकोत्तर तहको पठनपाठन भए पनि यहाँ यसबारे सरोकारवालाले चासो नदिएको भन्दै नागरिक तहबाट दबाब बढेको हो ।

स्नातकोत्तर तह सञ्चालनका लागि भन्दै विसं २०७२ मा धार्मिक महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा स्थानीयवासीले गरेको नगद तथा भूमिदानबाट रु एक करोड बढी आर्थिक सङ्कलन भएको थियो । महोत्सव लगत्तै स्नातकोत्तर तहको पठनपाठन गर्ने भनिए पनि महोत्सव आयोजक संस्था जलजला बहुमुखी क्याम्पसले कुनै पहल नगरेको स्थानीयवासीले आरोप लगाउँदै आएका छन् । नागरिकको लगातारको दबाबपछि उक्त क्याम्पस स्नातकोत्तर तहको पठनपाठन सुरु गर्ने विषयमा छलफल गर्न तयार भएको हो ।

क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख विष्णु आचार्यका अनुसार आर्थिक रुपले टाँट पल्टिने अवस्था भएपछि क्याम्पस सञ्चालन समितिको निर्णयबमोजिम महोत्सवबाट उठेको रकमले क्याम्पस सञ्चालन गरिएको थियो । क्याम्पसका प्रधाध्यापक तथा कर्मचारीको तलब महोत्सवबाट उठेको दानबाट व्यवस्थापन गरियो आचार्यले बताए । “हाल अक्षयकोषका रुपमा रु २२ लाख बचत छ, भूमिदान गरेकाले हक हस्तान्तरण गरेका छैनन् भने कतिपय नगद घोषणा गरेकाबाट पनि रकम प्राप्त हुन बाँकी छ”, आचार्यले भने ।

जुन उद्देश्यले धार्मिक महोत्सव गरियो त्यही उद्देश्यमा बजेट खर्च गर्नुपर्नेमा अन्यत्र खर्च गरिनु दुखद भएको स्थानीयवासीको गुनासो छ । “महोत्सवको मुल उद्देश्य स्नातकोत्तर तह सञ्चालन थियो तर अहिलेसम्म पनि सञ्चालन नहुनु सन्तोषजनक पक्ष होइन”, स्थानीय समाजसेवी कृष्णबहादुर घर्तीमगरले भने ।

लामो समयपछि पुनः स्नातकोत्तर तह सञ्चालनबारे क्याम्पसले चासो देखाएकाले यो सकारात्मक पक्ष भएको पत्रकार महेश न्यौपानेले बताए । स्नातकोत्तर तह अध्ययनका लागि विद्यार्थीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । चारसय पाँच सामुदायिक विद्यालय रहेको रोल्पामा स्नातक तहका दुई क्याम्पस मात्र छन् ।

 

वि.सं.२०७८ चैत १४ सोमवार १४:३८ मा प्रकाशित

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...