१४ चैत, काठमाडौँ । नेपाल, मलेसिया र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक टी–२० श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको छ ।
नेपालले दिएको १८४ रनको विशाल लक्ष्य पछाएको पपुवा न्यूगिनीको टिम १९.२ ओभरमा १६८ रन बनाएर अलआउट हुन पुगेको थियो । पपुवा न्यूगिनीका लागि ब्याटिङ्गमा नर्मन भानुआले सर्वाधिक ५२ रन बनाएका थिए । नेपालका लागि सन्दिप लामिछानेले घातक बलिङ्ग गर्दै ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारेका थिए । त्यसैगरी, करण केसीले ३, अविनाश बोहराले २, सोमपाल कामीले १ र दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो । नेपालका लागि ब्याटिङ्गमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाएका थिए । त्यसैगरी कुशल भुर्तेलले २०, रोहित कुमार पौडेलले ३४, दिपेन्द्र सिंह ऐरीले ४, कुशल मल्ल ११, लोकेश बमले ५, करण केसीले १४, आरिफ शेखले ३१, सोमपाल कामीले १ र सन्दिप लामिछानेले १ रन बनाएका थिए ।
वि.सं.२०७८ चैत १४ सोमवार १६:०१ मा प्रकाशित



























