back
CTIZAN AD

कांग्रेस बैठक : अधिकांश केन्द्रीय सदस्य उभिए चुनावी तालमेलको पक्षमा

वि.सं.२०७८ चैत १४ सोमवार

894 

shares

काठमाडाैं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरू चुनावी तालमेल गर्नुपर्ने पक्षमा उभिएका छन् । साेमबार बसेकाे केन्द्रीय समिति बैठकमा बाेल्ने अधिकांश सदस्यहरूले तालमेलकाे पक्षमा वकालत गरेका हुन् ।

तर, कांग्रेसले चुनावी तालमेल गर्ने विषयमा निर्णय भने गरिसकेकाे छैन । यसबारे कांग्रेसले भोलिको केन्द्रीय समिति बैठकले निर्णय गर्ने नेताहरूले बताएका छन् ।बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले अहिलेको गठबन्धन अनुसार नै तालमेल गरेर अघि बढ्दा राम्रो हुने सुझाव दिएका हुन् ।

नेताहरूले चुनावी तालमेल गर्दा स्पष्ट मापदण्ड बनाउन माग गरेका छन् । ‘अधिकांश सदस्यले तालमेल, गठबन्धन, सहकार्य गरेर जानुपर्ने सुझाव आयो । त्यसमा कुन ठाउँमा पार्टीको कस्तो खाले वस्तुस्थिति छ ? त्यसका आधारमा कहाँ तालमेल गर्ने कहाँ नगर्ने भन्ने विषयमा केन्द्रले एउटा सैद्धान्तिक निर्णय गर्नुपर्छ । सोही आधारमा भोलि प्रस्ताव तयार भएर निर्णय हुन्छ’, बैठकबारे कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने ।

अहिलेको गठबन्धन अनुसार चुनावी तालमेल गरेर अघि बढेको खण्डमा आउने संसदीय निर्वाचनमा समेत पार्टीले जित्ने परिस्थिति निर्माण हुने उनीहरूको भनाइ थियो । केही सदस्यहरूले भने एक्लै चुनावमा गएर पार्टीलाई परीक्षणमा राख्नुपर्ने समेत सुझाव दिएका छन् ।

‘कतिपय साथीहरूको मत गठबन्धन नगरिकन, तालमेल नगरिकन, एक्लै चुनावमा गएर पार्टीलाई परीक्षणमा राख्नुपर्छ भन्ने सुझाव आयो,’ प्रवक्ता डा. महतले भने ।

बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेल लगायतका नेताहरू चुनावी तालमेलको पक्षमा उभिएका छन् । त्यस्तै सभापति शेरबहादुर देउवा पनि गठबन्धन गरेरै चुनावमा जानुपर्ने पक्षमा छन् । उनले २०७४ सालको निर्वाचनमा एक्लै लड्दा थोरै सिटमा जितेको स्मरण गराउँदै गठबन्धन गरेरै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । महामन्त्री शर्माले भने अवस्था हेरेर तालमेल गर्नुपर्ने बताए ।

त्यस्तै नेता पौडेलले पनि स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखे । गठबन्धन नगरी गएमा एमालेलाई फाइदा पुग्ने बताए । एमालेलाई थप बलियो बनाउने कार्य कांग्रेसले गर्न नहुने भन्दै उनले भने, ‘बरु प्रचण्ड माधव नेपाललाई अलिअलि मत थप्ने कामका सहयोग गरौं । तर, ओलीलाई थप बलियो बनाउने काम नगरौं ।’

बैठकमा शेखर काेइराला पक्षले भने तालमेलकाे विराेध गरेकाे थियाे । पार्टी महामन्त्रीसमेत रहेका नेता गगन थापाले तालमेल नगरी कांग्रेस एक्लै लड्नुपर्ने धारणा राखे । देशभर लाखौं नयाँ मतदाता थपिएको भन्दै उनीहरूलाई पहिलो पटक नै रूखमा भोट हाल्न लगाउनुपर्ने बताए ।

वि.सं.२०७८ चैत १४ सोमवार १८:१६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...