back
CTIZAN AD

इनार सुक्न थालेपछि पानीको हाहाकार

वि.सं.२०७३ चैत ३ बिहीवार

939 

shares

३ चैत, बर्दिवास । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा धमाधम इनार सुक्न थालेपछि खानेपानीको हाहाकार भएको छ । 

खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरीक्षेत्रको बर्दिवास नगरपालिकाका किसाननगर, बिजलपुरा, हात्तीलेट र पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर एवम् भङ्गाहा गाउँपालिकाका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि लाग्दो चैतमै खानेपानीको हाहाकार भएको छ ।

यसैसाता बर्दिवास नगरपालिकाको किसान नगरतर्फ मनहरीपुर बस्तीका ९० प्रतिशत इनार सुकिसकेका छन् । किसाननगरतर्फकै कृष्णपुर, प्रेमनगर र जुरेटोलका इनार पनि धमाधम सुकेपछि खानेपानीका लागि बयलगाडा जोतेर पानी लिन हिँड्नु परेको मनहरीपुरका गोपाल कार्कीले बताउनुभयो ।

पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यहाँका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेको सम्झदै भर्खरै बर्दिवास नगरपालिकामा गाभिएको पशुपतिनगरका पूर्व अध्यक्षसमेत रहनुभएका नथुनी महतोले पाँच वर्षयता वैशाखमा सुक्ने गरेका इनार यसपाली लाग्दो चैतमै सुकेको बताउनुभयो ।

आफ्ना वरपरका इनार धमाधम सुकेपछि यसक्षेत्रका बासिन्दा खानेपानीको जोहो गर्न टाढाटाढा पुग्नुपरेको छ । ‘नगरपालिका र अन्य सरकारी निकायले वास्ता गर्दैनन्’ मनहरीपुरकी गृहिणी मुना खत्रीले भन्नुभयो–, “पोहोर सालमात्र करिब रु चारलाख ऋण लिएर खनाइएको इनार यसपाली चैत लाग्दै सुक्यो, अब के गर्ने होला ?” सरदर ५० फिट गहिराइका ९० प्रतिशत इनार सुकिसकेका र केही सुक्न बाँकी इनारको पानी पनि धमिलिइसकेको मनहरीपुरका सर्वसाधारणले बताएका छन् ।

बस्तीका इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभइ नुहाउनेसँगै बस्तुभाउलाई ख्वाउनसमेत निक्कै कठिन परेको भङ्गाहाका बासिन्दाको गुनासो छ । भङ्गाहाको करिब ५०० घरधुरी बसोवासको रामनगर गाउँमा ३० प्रतिशतभन्दा बढी इनार र चापाकल सुकिसकेका सो बस्तीका सामाजिक कार्यकत्र्ता हरिदेव साह बताउनुहुन्छ ।

इनार धमाधम सुकेपछि सिँचाइको अर्को विकल्प नभएका कारण बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगरका किसान भरतराज बरालले बताउनुभयो । खानेपानी र सिँचाइको समस्या बढेपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरी र भूमिगत नलकुप कार्यालयमा गुनासो गरेपनि केही वास्ता नगरिएको आम गुनासो छ ।

पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्न थालेको लामो समयदेखि चुरे संरक्षण र जलाधार संरक्षणका क्षेत्रमा चासोका साथ काम गर्दै आउनुभएका सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ ।

जिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेसँगै जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले भने खानेपानीको स्रोत सुकेका बस्तीमा तत्कालै खानेपानीको समुचित विकल्पको प्रबन्धका लागि सर्वे सुरु गरिएको जनाएको छ । रासस

वि.सं.२०७३ चैत ३ बिहीवार ०७:३५ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...