back
CTIZAN AD

बसबाट खसेर एकको मृत्यु, रुखमा झुन्डिएको शव फेला

वि.सं.२०७३ चैत ३ बिहीवार

1.1K 

shares

३ चैत, भक्तपुर । । बसबाट खसेको एक किशोरको उपचारको क्रममा आज मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने वर्ष १३ का रुपेश बरायलीको न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।

गत चैत १ गते बिहान चाँगुनारायणबाट रत्नपार्क जाने बा ४ ख ७१७१ नम्बरको बसमा आएका बराइली झुन्डिएर यात्रा गर्ने क्रममा बसबाट खसेर घाइते भएकोमा मध्यपुर अस्पतालमा उपचार हुननसकी न्यूरो अस्पतालमा पठाइएको र उपचारकै क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो

त्यसैगरी चाँगुनारायण नगरपालिका– ५ खरिपाटी घुमाउनेमा आज एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
दाङ घर भई हाल खरिपाटीकै जयशङ्खर इँटाभट्टामा काम गर्दै आएका अन्दाजी ४५ वर्षका गोपाल चौधरीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रसार्इंले जानकारी दिनुभयो ।

चौधरीको हत्या वा आत्महत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो ।

वि.सं.२०७३ चैत ३ बिहीवार ०९:४२ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...