back
CTIZAN AD

आयल निगमको प्रस्ताव : तत्काल जोरबिजोर गराैं, आइतबार सार्वजनिक बिदा दिऔं

वि.सं.२०७८ चैत १५ मंगलवार

789 

shares

काठमाडौं । नेपाल आयल निगमले इन्धनको खपत घटाउन तत्कालै निजी र सरकारी सवारी साधनहरुमा जोर बिजोर लगाउन प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थमा लगातार अधिक घाटा भएपछि निगमले इन्धन खपत घटाउन यस्तो प्रस्ताव गरेको हो ।

निगमले आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै इन्धनको खपत घटाउन १० बुँदे प्रस्ताव गरेको छ । निगमले इन्धनको खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिन भनेको छ ।

शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा इन्धन खपत कमी आउने निगमको विश्वास छ । निगमले पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गरी विद्युतीय सवारी साधन आयातलाई प्रोत्साहन गर्न पनि माग भनेको छ ।

निगमले ठूला उद्योग, परियोजना, होटल आदिलाई डिजल तथा एलपी ग्याँसको खपत नगरी विद्युतको खपत बढाउन आव्हान गर्न पनि भनेको छ । पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गर्न विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्न, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वानको प्रस्ताव निगमले गरेको छ ।

रुस–यूक्रेनबीच जारी युद्धका कारण अन्तराष्ट्रिय बजारमै कच्चा तेलको मूल्य अत्याधिक बढेको छ । जसले गर्दा नेपालमा पनि व्यापार घाटा चुलिँदो छ । आयल निगम इन्धनको मूल्य बढेसँगै निरन्तर घाटामा छ ।

वि.सं.२०७८ चैत १५ मंगलवार १६:१९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...