५ चैत, काठमाडौँ । नेपाल, मलेसिया र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक टी–२० श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज मलेसियाको सामना गदैँ छ ।
नेपालले आफ्नो पहिलो खेलमा पपुवन न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो भने मलेसियाले पनि पपुवा न्यूगिनीलाई ८ रनले पराजित गरको थियो ।
टि-२० अन्तर्राष्ट्रिय खेलमा दुवै टिम राम्रो लयमा देखिएकाले यी दुई टिमबीचको खेल रोमाञ्चक हुने अनुमान छ ।
नेपाल र मलेसिया बिचको खेल नेपाली समय अनुसार १२:३० बाट सुरु हुनेछ ।
नेपालको सम्भावित प्लेइङ–११
कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, कुशल मल्ल, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा ।
वि.सं.२०७८ चैत १६ बुधवार ०८:४० मा प्रकाशित





























